0
जापान–नेपाल मैत्रीपूर्ण केन्पो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भई विभिन्न उमेर समूहमा पदक विजेता हुने खेलाडीहरुलाई पोखरा रंगशालामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । पदक विजेताहरुमा खुल्ला उमेर समूहमा नविन आचार्य प्रथम स्थान, १६ बर्ष उमेर समूहमा प्रवेश पोख्रेल तृतीय स्थान, १४ बर्ष उमेर समूहमा दिवस तामाङ र पृथ्वी विक्रम शाही क्रमशः द्वितीय र तृतीय स्थान, टिम फाइट तर्फ उत्तम गुरुङ, जीवन रानामगर, अल्पीना गुरुङ र मेलिना श्रीसले दोस्रो स्थान हासिल गरेका थिए । त्यसैगरी काता तर्फ दिवस तामाङ र पृथ्वी विक्रम शाहीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सहभागी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । नेपालको तर्फबाट केन्पोकाई एसोसियसनका प्रमख टिम लिडर शिशीर सुवेदी र एसिया तथा नेपाल ब्राञ्च चिफ नाराज खड्का (हरि) सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी तथा विजेता हुने सम्पूर्ण खेलाडीहरुलाई केन्पोकाई संघ नेपालद्वारा पोखरा रंगशालामा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष दिलीप विक्रम शाही, नेपाल केन्पोकाईका सहायक ब्राञ्च चिफ बलराम सुवदी, संघका सचिव पवित्रा थापा, संघका केन्द्रीय सदस्य प्रकाश बराल, बक्सीङका भोलेन्टिएर प्रशिक्षक सुनिल क्षेत्री लगायतको विभिन्न व्यक्तिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Post a Comment

 
Top