0
लायन्स क्लव अफ हेमजाको सातौ पदस्थापना कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०१३÷१४ का अध्यक्ष राजेन्द्रबहादुर सापकोटाले वर्ष २०१४÷१५ का अध्यक्ष मोतीराज तिमिल्सिनालाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पदस्थापन अधिकृत एम जे एफ भुगोल शेरचनले पदस्थापन गराएकी थिईन् । कार्यक्रममा संस्थाले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गरिएको छ । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक बालकृष्ण भुषालले क्लबले समाजिक सेवमा अतुलनिय योगदान पु¥याएको भन्दै प्रशंशा व्यक्त गरे ।  कार्यक्रममा बोल्दै वर्ष २०१४÷१५ का अध्यक्ष मोतीराज तिमिल्सिना, पदस्थापन अधिकृत एमजेएफ भूगोल शेरचन, एमजेएफ दिपक श्रेष्ठ, पिएमसिसी प्रेमबहादुर श्रेष्ठ, पिएमजेएफ योगेन्द्र प्रधानलगायतले बोलेका थिए । लायन्स क्लव अफ हेमजा वर्ष २०१३÷१४ का अध्यक्ष राजेन्द्रबहादुर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

 
Top