0
गण्डकी अञ्चल आयुर्वेद औषधालयले पोखराको अमरसिंह उच्च माविमा आयुर्वेद शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।  कक्षा १० का ४० जना विद्यार्थीलाई औषधालयले आयुर्वेद स्वास्थ्य, सेवा लिदा ध्यान दिनुपर्ने कुराहरु, नेपालमा आयुर्वेद शिक्षाको इतिहास र अवस्थाको बारेमा जानकारी दिइएको थियो । औषधालयका कार्यालय प्रमुख डा. शुभद्रा कार्की, औषधालयका कविराज निरीक्षक शरद आचार्य र  शिशुवा आयुर्वेद औषधालयका कविराज निरीक्षक नविन किरण भुषालले विद्यार्थीलाई आयुर्वेद शिक्षाको बारेमा जानकारी दिएका थिए । प्रशिक्षणमा आयुर्वेदको नेपालमा उच्च तहको पढाई, गुणस्तरीय आयुर्वेद सेवा कसरी प्राप्त गर्ने लगायतका विषयलाई समेटिएको थियो । उमाविका स्वास्थ्य शिक्षक राजेन्द्र बस्ताकोटीले यस्ता सिकाई कार्यक्रमले विद्यार्थीको स्वास्थ्य सम्बन्धी ज्ञानलाई फराकिलो पार्ने बताए । उनले यस्ता कार्यक्रमलाई विद्यालयस्तरमा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
औषधालयले विभागबाट प्राप्त हुने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि विद्यालयको सहकार्यमा निरन्तरता तथा व्यापकता दिने जनाएको छ ।

Post a Comment

 
Top