0
नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाले नेपालका विभिन्न जिल्लाहरुमा गएका विपद्वाट प्रभावितहरुको लागि राहत संकलन गर्नको लागि आव्हान गरेको छ । उक्त आव्हान अनुसार हालसम्म नेपाल रेडक्रस सोसाइटी पोखरा १२÷१३ उपशाखाले ३३ हजार सात सय ९९, कृस्ती उपशाखाले दुई हजार पाँच, नेपाल जुनियर रेडक्रस सर्कल कञ्चनजंघा एकेडेमीक सेन्टर लेखनाथ शिशुवाले तीन हजार र नेपाल जुनियर रेडक्रस सर्कल हार्वर्ड एकेडेमी पोखरा १५ ले ६ हजार ११ गरि ४४ हजार, ८ सय १५ रुपैयाँ संकलन गर्न सफल भएका छन् । साथै उक्त रकम विभिन्न समयमा कार्यक्रम गरि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई हस्तान्तरण समेत गरेका छन् । कास्की जिल्ला शाखाका विपद् व्यवस्थापन समितिका संयोजक तथा कास्की रेडक्रसका उपसभापति डण्डराज शर्माले अभियानमार्फत संकलित रकम यथासक्य छिटो नेपाल रेडक्रस मार्फत सम्वन्धीत क्षेत्रमा पठाउने व्यवस्था गर्ने जानकारी दिए ।

Post a Comment

 
Top