0
भाद्र १ देखि पोखरामा सुरु भएको तीन दिने भूकम्पीय सुरक्षाका लागि विद्यार्थी मेैत्री भेला सम्पन्न भएको छ । भूकम्प लगायतका प्रकोपबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा भेलाबाट हासिल भएका शैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप र तौरतरिकाहरु आफ्नो र वरपरका विद्यालय तथा समुदायमा फैलाउने प्रतिवद्धताका साथ तिन दिने भेला सम्पन्न भएको हो ।
भेलामा जोखिम न्यूनीकरणका विविध आयामका साथै अपाङ्गता भएका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । विपद् जोखिम न्यूनिकरण लाई मूल विषय बनाएर जलवायु परिवर्तन अनुकूल एवम् वातावरण संरक्षणजस्ता विषयमा समेत सिक्ने,बुझ्ने र विचार आदान प्रदान गर्ने अवसर यस भेलाले  जुटाएको मुख्य आयोजक संस्था शिक्षा विभाग र  भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले जनाएका छन । भेलामा नेपालका विभिन्न ३० जिल्लाका ६० विद्यालयका ७० जना र जापानको माइको हाइस्कूलका ५ जना विद्यार्थिहरुको सक्रिय सहभागिता रहेको थियो । यसैगरी भेलामा शिक्षक,सरोकारवाला निकाएका प्रतिनिधिहरु,भूकम्प विदहरुको पनी उपस्थिती रहेको थियो । तीन दिने मैत्री भेलाको सुरुवाद भूकम्पीय सचेतना र्यालीबाट भएको थियो भने,  यस बीचमा पोखराको अर्मलामा स्थलगत भ्रमण, भूकम्पीय सुरक्षा सम्बन्धी प्रशिक्षण, भूकम्पीय सुरक्षा अभ्यास, प्राथमिक उपचार, मैत्रीपूर्ण फुटवल, चित्रकला,मेहेन्दी लगाउने प्रतियोगिता, वक्तृत्व कला र कविता लेखन जस्ता रचनात्मक गतिविधिरु सम्पन भएका छन । 
यसैगरी भेलाको तेस्रो दिनमा ६ वटा समूहमा विभाजित विद्यार्थीहरुले अर्मला क्षेत्रमा गरेको अवलोकन पश्चात् प्राप्त विविध जानकारीहरुलाई कार्यपत्रको रुपमा प्रस्तुत गरेका थिए । जापानका विद्यार्थीहरुले विशेष गरेर  सन् १९९५ मा जापानको कोबेमा गएको भूकम्पको क्षति र पूर्वतयारी तथा सन् २०११ मा गएको सुनामीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा सहभागी विद्यार्थी र शिक्षकहरुले एक आपसमा विपद् जोखिम न्यूनिकरण सम्बन्धी ज्ञान एवम् अनुभवहरु आदान प्रदान गरेका थिए । यो नवौ मैत्री भेलामा यसवर्ष अपाङ्गता र विपद जोखिम ब्यबस्थापनलाइ छलफलको मुल विषय बनाइएको थियो । यस किसिमको भूकम्पीय सुरक्षा सम्बन्धी विद्यार्थीहरुको मैत्रीपूर्ण भेला सन् २००१ देखि आठ पटकसम्म नेपालका विभिन्न क्षेत्रमा आयोजना गरिसकिएको छ । मैत्री भेलाले  पारस्पारिक समझदारी,विचार विनिमय र उन्नत आत्मविश्वास मार्फत हाम्रा मुलुक र क्षेत्रीय स्तरमा समेत भूकम्प सुरक्षाको विद्यमान अवस्थामा उल्लेख्य सुधार आउने विश्वास लिइएको छ ।

Post a Comment

 
Top