0
सिद्धार्थ टोल विकास संस्थाको आयोजनामा महिलाहरुको महान् चाड हरीतालिका तीजको अवसर पारेर आइतबार शुभकामना आदान–प्र्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको अवसरमा तीज गीत प्रतियोगिताको आयोजना समेत गरिएको थियो ।
प्रतियोगितामा शान्ति अधिकारीको टीम प्रथम, कल्पना गौतमको टीम दित्तीय, र देवका कोइरालाको टीम तृतीय भएका थिए । सो अवसरमा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई संस्थाका सल्लाहकार शम्भुप्रसाद कोइरालाले पुरस्कार प्रदान गरेका थिए  ।
यस्तैै नृत्यमा कल्पना गौतमलाई समेत पुरस्कार प्रदान गरिएको छ । हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीले भड्किलो तीजको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकार मंगलप्रसाद माकाजू, सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मसार्नी, समाजसेवी अनन्तराज श्रेष्ठ, नव सिद्धार्थ महिला बचत रिण सहकारीका अध्यक्ष सावित्री कोइराला, निर्वमान अध्यक्ष पार्वती माकाजू लगायतले आ–आफ्नो भनाइ राखेका थिए । संस्थाकी अध्यक्ष सम्झना माकाजूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तीजगीत प्रतियोगिताका संयोजक तथा सचिव सीमा कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Post a Comment

 
Top