0
नेपाल सुरक्षा व्यवसायी संघको दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार सम्पन्न भएको छ । अधिवेशनले आगामी २ वर्षको लागि कुल बहादुर केसीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । संघको उपाध्यक्षमा चन्द्र बहादुर थापा, महासचिवमा विष्णु तिवारी, कोषाध्यक्षमा शिवप्रसाद बराल, मानार्थ सदस्यमा गणेशप्रसाद भट्टराई, मोतीकृष्ण उपाध्याय र एक सदस्य पछि चयन गर्ने भएको छ । अधिवेशनको उद्घाटन गर्दै सभासद् राजु थापाले सुरक्षा व्यवसायीहरु फुटेर होइन जुटेर लाग्नुपर्नेमा जोड दिएका छन् ।  सुरक्षा व्यवसायीहरुले छोटो समयमा नै जनताको मन जित्न सफल भएको र सरकारले पनि सुरक्षा संघको योगदानको कदर गर्नुपर्नेमा जोड दिएका छन् । साथै आफूले पनि संसदमा सुरक्षा व्यवसायीहरुको कुरा उठाउने थापाले प्रतिबद्धता जनाएका छन् ।
अधिवेशनको कार्यक्रममा शिवप्रसाद बरालले गत वर्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए । गणेशप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विष्णुप्रसाद तिवारीले गरेका थिए ।

Post a Comment

 
Top