0
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको आयोजनामा आइतबारदेखि तीन दिने भिडियोग्राफी तथा फोटोग्राफी तालिम सुरु भएको छ । फोनिजको १५औं स्थापना दिवसका सन्दर्भमा आयोजित सो तालिमको मंगलबार फोनिज स्थापना दिवसका दिन जलपान कार्यक्रम सहित समापन गरिनेछ ।
तालिममा आदिवासी जनजाति चलचित्र महासङ्घका कोषाध्यक्ष र गुरुङ फिल्म एशोसिएशन नेपाल
(जिफान) का महासचिव समेत रहेको फोनिजका कार्यसमिति सदस्य एवं तालिम संयोजक युग गुरुङले प्रशिक्षण दिएका छन् । तालिमका क्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रयोगात्मक अभ्यास तथा स्थलगत भ्रमण समेत गराइने तालिममा क्रियाशील आदिवासी जनजाति पत्रकारहरूसहित १५ जना प्रशिक्षार्थी सहभागी छन् ।

Post a Comment

 
Top