0
लायन्स क्लब अफ पोखरा माछापुच्छे«ले जीविकोपार्जनका लागि कुखुरा हस्तान्तरण गरेको छ । पोखरा उपमहानगरपालिका वडा १४ समावेशी टोलस्थित समाज घरमा भएको एक कार्यक्रमका बीच समावेशी टोल निवासी उत्तम खवासलाई हुर्कोला कुखुरा सहयोग गरेको हो ।
आर्थिक समृद्धि अन्तर्गत क्लबले खवासलाई  १६ वटा हुर्कोला कुखुरासंगै औषधि र केहीदाना समेत सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट प्रपोजल को–अडिनेटर रामचन्द्र पोखरेलले आफूहरुको सानो सहयोगले मेहनती युवाका लागि अगाडि बड्ने बाटो खुल्ने बताए । मिहेनती आर्थिक अवस्था कमजोर रहेकाहरुलाई आफूहरुले सहयोग गर्दे आएको पोखरेलले बताए । डिष्ट्रिक्ट प्रोग्राम को–अर्डिनेटर एवं क्लबक संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले लायन्स क्लब माछापुच्छे« राज्यको नजर पर्न नसकेको व्यक्तिहरुलाई सहयोग गर्दे आएको बताउँदै अहिले गरेको सहयोगले खवासलाई फलदायी हुने बताए । मिहिनेती युवालाई सानो सहयोग पनि अगाडि बढ्नको लागि प्रेरणा मिल्ने शर्माको भनाई थियो । शर्माले आफूहरुले बाहिरबाट सहयोग पाएर भन्दा पनि आफ्नै क्लबको सदस्यहरुको आर्थिक सहयोगले कार्यक्रम गर्दै आएको जानकारी दिए ।
क्लबका निवर्तमान अध्यक्ष तोरण कुँवरले समावेशीटोल र लायन्स क्लबको सम्बन्ध गास्ने काम भएको भन्दै आवश्यकता अनुसारको कार्यक्रम गर्दे जाने बताए । संचारकर्मी घनश्याम पाण्डेयले लायन्स क्लब माछापुच्छ«ेले  समय अनुसार कार्य गर्ने भन्दै क्लबको प्रसंसा गरे । मानिसको आवश्यकताको आधारमा कार्य गर्न सक्नुले नै माछापुच्छे« सामाजिक सेवामा अग्रणी क्लब भएको पाण्डेको भनाई थियो ।
क्लबका अध्यक्ष लायन अर्जुन थापाले क्लबले सामाजिक सेवा गर्दे आएको स्मरण गराउँदै समाज टोल र ब्यक्तिहरुलाई आर्थिक समृद्धि बनाउन पनि आफुहरु हातेमालो गर्ने बताए । कार्यक्रममा शिव बराल, डिआर पोख्ररेल, फणिन्द्र शर्मा, कार्यक्रम संयोजक नवराज गौतम र समावेशी टोलवासीको सहभागिता रहेको कार्यक्रम क्लबका अध्यक्ष अर्जुन थापाको अध्यक्षता भएको थियो भने संचालन सचिव दीपेन्द्र चन्दले गरेका थिए  ।

Post a Comment

 
Top