0

यहि साउन ३१ गतेदेखि हुने “जननी तीज विशेष पश्चिमाञ्चल हस्तकला व्यापार मेला २०७१ पोखरा” को तयारी अन्तिम चरणमा पुगेको छ । रेडियो जननी र कास्की पोखरा हस्तकला संघको आयोजनामा हुन लागेको मेलाका लागि मेला स्थल सिँगार्ने, स्टल निर्माण, स्वागतद्धार, स्टेज निर्माणको काम अन्तिम चरणमा पुगेको मेला मूल आयोजक समिति संयोजक हीरा भट्टराईले बताइन । मेलामा हुने विभिन्न प्रतियोगिताहरु मा सहभागीताका लागि फारम वितरण भने भैरहेको छ । भदौँ ८ गतेसम्म चल्ने मेलामा खुल्ला तीज, गृहिणी एकल नृत्य, टपरी गाँस्ने, पानी पिउने, घैँटो फुटाउने, रस्साकस्सी, मुर्तिकला प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि इच्छुक महिलाहरुले मेलाको सचिवालयमा गइ फारम भर्न सकिनेछ । नेपाल हस्तकला महासंघ मुख्य सहयोगीको रुपमा रहेको मेलामा कृषिमेला, पुष्पमेला, सूचना तथा प्रविधिहरुको प्रर्दशनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधिहरु को प्रर्दशनी लगायत दैनिक उपभोग्य बस्तु, घरायसी सरसामान, लत्ताकपडा, तिज केन्द्रित श्रृंगारका सामाग्रीहरुका प्रदर्शनी एवं बिक्री वितरण गरिने बताइन्छ ।

Post a Comment

 
Top