0
२०औं आदिवासी दिवसको सन्दर्भ पारेर क्षत्री समाज नेपाल कास्कीले रक्तदान, सम्मान र अन्तक्र्रिया आयोजना ग¥यो । रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको उद्घाटन पूर्व केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्रीले गरेका थिए । कार्यक्रममा समाजका महासचिव रोमबहादुर भण्डारीले समाजले सामाजिक उत्तरदायित्व वहन गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस्तै अन्तक्र्रिया कार्यक्रममा बोल्दै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाले देशलाई बलियो बनाउन सबै जातजाति एक भई साझा रुपमा आरक्षण मुक्त हुन सके मात्र भावी सन्ततीले गर्व गर्न सक्ने देश हुने बताए । समाजका पूर्व केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्रीले राष्ट्रिय अखण्डता र जातिय सद्भावको निमित्त सबै क्षत्री एक हुनुपर्ने  बताए । समाजका पूर्व महासचिव एवं सभासद् कुमार खड्काले आफूले सधैं जातियताको नाममा भए गरेका र अब हुन सक्ने विचारलाई खबरदारी गरेको बताए । समाजका सल्लाहकार एवं एवं संविधानसभा सदस्य यज्ञबहादुर थापाले आफ्नो पार्टीले सधैं संघीय राज्य स्वीकार गरेको तर जातीयताको विरोध गरेको बताए ।
त्यस अवसरमा संविधानसभाका सदस्यद्वय यज्ञबहादुर थापा, कुमार खड्का, विभिन्न कार्यालयका प्रमुखहरु, पूर्व केन्द्रीय समितिका पदाधिकारीहरु, कार्यालय सचिव लक्ष्मी अधिकारी, हुक कुमार रानाभाट लगायतलाई सम्मान गरिएको थियो ।
 क्षेत्री समाज नेपाल कास्कीका अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका महिला उपाध्यक्ष उर्मिला खड्का, सम्मानित व्यक्तित्वका तर्फबाट कृषि विकास बैंकका क्षेत्रीय प्रमुख झलक बहादुर भण्डारी, जिल्ला उपाध्यक्ष दिलबहादुर अधिकारी, पोखरा नगर समितिका अध्यक्ष राम बहादुर के.सी., क्षत्री युवा समाजका अध्यक्ष सुवास खड्का, नगर अध्यक्ष हिमाल खड्का, पोखरा नगर महिला अध्यक्ष मन्दरा ढकाल, महिला समाजका अध्यक्ष गोमा रायमाझी लगायतले आ–आफ््नो भनाई राखेका थिए ।

Post a Comment

 
Top