0
लायन्स क्लव अफ पोखरा लेकसिटीका नवनिर्वाचित अध्यक्ष शिव कुमार श्रेष्ठले एकलाख एकहजार एकसय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । क्लवको नयाँ कार्यसमितिको पदस्थापन समारोहमा उनले आफ्नी आमा स्वर्गीय दिलमाया श्रेष्ठको नाममा अक्षयकोष स्थापना गरेको र त्यसबाट प्राप्त हुने व्याजले गरिब असहाय र जेहेन्दार छात्रछात्रालाई सहयोग गर्ने घोषणा गरे । अक्षयकोषको रकम कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले क्लवका कोषाध्यक्ष सत्य नारायण मण्डललाई हस्तान्तरण गरे ।
सोही अवसरमा लेकसिटी लायन्स क्लबको पदस्थापना सम्पन्न भएको थियो । कार्यक्रममा पदस्थापना अधिकृत तथा डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गर्भनर भूगोल शेरचनले नवनिर्वाचित अध्यक्ष शिव कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको सपथ ग्रहण गराएकी थिइन् । सपथ ग्रहण गराउँदै शेरचनले यस वर्षको नारा पोजेटिभ पावर  र अन्तर्राष्ट्रिय नारा स्टे«न्थ द प्राइडलाई सार्थक बनाउन सबैले पहल गर्नुपर्ने बताइन ।
यस वर्षको मुख्य कामको रुपमा एन.एल. एफको ढुकुटी बनाउने दैवी प्रकोप कोष स्थापना गर्नु रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सेवाका कामहरुबाट सधै आफूलाई उत्कृष्ट बनाउन सफल लेकसिटी लायन्स क्लबका सदस्यहरुले समाजमा विद्यमान विकृति र विसंगतिहरुका विरुद्ध लडेर समाजको जीवनस्तर सुधार्नका लागि नयाँ कामहरु ल्याउनुपर्नेमा जोड दिए ।  नवनिर्वाचित अध्यक्ष शिव कुृमार श्रेष्ठ, पूर्व काउन्सिल चियरपर्सन प्रेम बहादुर श्रेष्ठ, गिरीधारी शर्मा, धु्रवबहादुर थापा, बालकृष्ण बुर्लाकोटी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा १० जनाले नेपाल लायन्स फाउन्डेशनमा जनही रु.५ हजार एकसय प्रदान गरी एन.एल.एफको सदस्यता पाएका छन् । एम्वेष्डर अफ गर्भनर राजेन्द्र बाटाजूले एनएलएफ थ्री डाइमण्डको लागि रकम प्रदान गरेका थिए । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष देव क्षेत्रीले धन्यवाद र वाटाजुले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top