0
सिन्धुपाल्चोकको जुरेमा केहीदिनको अविरल वर्षा र झरीका कारण आएको दैवी विपत्तिमा परी घरबारविहीन विस्थापितहरुका लागि जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज्ड एकेडेमीले राहत सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ । कक्षा २ देखि १० सम्मका विद्यार्थी, सम्पूर्ण शिक्षक–शिक्षिकाहरु तथा कर्मचारीहरुबाट सङकलन गरिएको राहत सङ्कलन कार्यक्रम कक्षा ९ र १० का विद्यार्थी लगायत शिक्षक नायक मिलन तिमिल्सिना को संयोजकत्वमा सम्पन्न भएको हो । सङ्कलित जम्मा रकम पचास हजार छ सय जुनियर रेडक्रस कास्की मोडनाइज्ड एकेडेमीका संरक्षक तथा संस्थापक प्राचार्य रामबहादुर मोचीले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला उपसभापति डण्डराज शर्मालाई एक समारोहका बिच हस्तान्तरण गरे । कार्यक्रममा दैवी प्रकोप पीडित विषयमा सरकार तथा सरोकार वालाहरुको बेलैमा ध्यान पुुगोस, बाढीपहिरो पीडितले समयमै न्याय पाउन अन्यायको क्षय होस, दैवी विपत्तिको सामना गर्ने सबै पीडितलाई सरकारले उचित गास बास र कपासको व्यवस्था गरोस भन्ने राय व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य विद्यालय इन्चार्ज शिवलाल उपाध्यायले राखेका थिए । कार्यक्रमको अध्यक्षता कास्की मोडनाइज्ड एकेडेमीका संस्थापक प्राचार्य रामबहादुर मोचीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला उपसभापति डण्डराज शर्मा रहेको थियो र कार्यक्रमको सञ्चालन शिक्षक मिलन तिमिल्सिनाले गरेका थिए ।
त्यस्तै स्कूलमा अन्तर सदनात्मक गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गणित विषय सर्वउपयोगी हुँदाहुदै पनि अधिकाँश विद्यार्थी,शिक्षक तथा अभिभावकहरुले समेत बोझको रुपमा लिने गरेको परिस्थितिमा कास्की मोडनाइज्ड एकेडेमी गणित विभागले गणित विषयको हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगितामा हरियो सदनका सञ्जीव कार्की, विराट थापा,विकल के.सी र आशिष थापाले  प्रथम स्थान, रातो सदनका जेसिका बराल, विवेक आचार्य, कञ्चन गुरुङ्ग र प्रविन लामिछानेले द्वितीय स्थान र नीलो सदनका जीवन रोका, सन्तोष दर्लामी, स्प्रेया गुरुङ्ग र मिलन क्षेत्रीले तृतीय स्थान हात पार्न सफल भएका छन् । कार्यक्रममा क्वीज मास्टरको भूमिकामा गणित विभागीय शिक्षक देवेन्द्र क्षेत्री, स्कोरमा जीवनाथ सुवेदी, टाइम किपरमा अनिल श्रेष्ठ र निर्णायकको भूमिकामा प्रेमनाथ गौतम रहेका थिए ।

Post a Comment

 
Top