0
पोखराको बाटुलेचौरमा जारी तीजे मेलामा दर्शकको संख्या बढदै गएको छ । पोखराको मौसममा सुधार आएका कारण पनि मेलामा संचालित सांस्कृतिक कार्यक्रम लगायत फुटवल र भलिवल खेल हेर्न दर्शकको संख्या बढेको हो । मेलाको पाँचौ दिन बुधवार लोकदोहरी गायक चोलेन्द्र पौडेल, सीता केसी, राजन कार्की,सरस्वती लामिछाने, सुरेन्द्र गुरुङ, धनश्याम रिजाल लगायतका कलाकारले तीजे भाका प्रस्तुत गरेका थिए । त्यस्तै अन्तरमावि लोक नृत्य प्रतियोगितामा सरस्वती विदयाश्रम प्रथम, प्रगति बोडिङ,स्कुल द्वितीय, सूर्योदय बोडिङ, स्कुल तृतीय र बेसलाइन एकेडेमीले सान्त्वना स्थान प्राप्त गरको प्रचार संयोजक धन बहादुर थापाले जानकारी दिए ।
त्यस्तै सिक्स ए साइड फुटवलमा भ्याली स्पोर्टस, अमन मेमोरियल,दीप ड्याम साइड र संघर्ष यूवा क्लव सेमिफाइनलमा प्रवेश गरेका छन । त्यस्तै खुल्ला पुरुष भलिवल तर्फ अम्विका टोल युवा क्लव, वरपिपल दोहिरी साँझ, मुक्तिनाथ बाहिनी र पश्चि पृतना सेमी फाईनलमा प्रवेश गरको थापाले जानकारी दिए ।
मेलाको अन्तिम दिन विहिबार तीज गीत प्रतियोगिता, फुटवल र भलिवल सेमिफाइनलमा, फाइनल खेल लगायतका कार्यक्रम आयोजना हुने छ । आजको सांस्कृतिक कार्यक्रममा लोक दोहरी गायक दुर्गा गुरुङ,चोलेन्द्र पौडेल, तारापति सुवेदी लगायतका कलाकारले मनोरञ्जन दिने भएका छन ।

Post a Comment

 
Top