0
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले विश्व फोटोग्राफी दिवसको अवसर पारेर मंगलबार प्रभात फेरी ¥याली निकालेको छ । प्रभातफेरी ¥याली पोखराको मानवअधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा, महेन्द्रपुल परिक्रममा गरी पोखरा फोटोग्राफर संघको भवन टुडाँको पाटनमा गएर समापन भएको थियो । त्यसै अवसरमा पोखरा फोटो ग्राफर संघले आयोजना गरेको दैनिक जनजीवनमा आधारीत फोटो प्रतियोगितामा भाग लिएकामध्ये उत्कृष्टको नाम पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा दुर्गासिं थापा, विवश अधिकारी र नविनराज पौडेलको फोटो सर्वोकृष्ट भएका छन् । उनीहरुलाई स्टोना रेज मोवाईल सर्वोकृष्ट फोटो पुरस्कार, टुईन्स डिजिटल सर्वोकृष्ट फोटो पुरस्कार र कैलाश सहकारी फ्रेम उद्योग सर्वोकृष्ट फोटो पुरस्कार प्रदान गरिने भएको छ । त्यसै गरी उक्त अवसरमा उत्कृष्ट सातको पनि घोषणा गरिएको थियो । जसमा जनकराज तिवारी, अर्जून कुँवर, महेन्द्रराज बराल, चन्द्रप्रकाश पोख्रेल, रामचन्द्र पोख्रेल, दिपक त्रिपाठी र पूर्णकुमारी थापाको फोटो उत्कृष्ट सातमा परेका छन् । उनीहरुलाई संसार कलर ल्याब, पोखरा कलर ल्याव, अलिमिया लोक वाङमय, सिद्धि सेतुली स्मृति, न्यू मनकामना स्टोर्स, शाक्य भण्डार र पोखरा रोयल सहकारी पुरस्कारबाट पुरस्कृति गरिने भएको छ । त्यस्तै गरि प्रतियोगिताबाट ४० वटा फोटो पनि छनोट गरिएको संघका अधयक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा ३८ जनाका ७६ वटा फोटा समावेश भएका थिए । प्रतियोगितामा सर्वोकृष्ट, उत्कृष्ट र छनोटमा परेका गरी ५० वटा फोटो संघको साधारण सभामा प्रदर्शन गरिने भएको छ । पुरस्कार पोखरा फोटोग्राफर संघको भदौ २८ गते हुने ३३ औ साधारण सभामा वितरण गरिने संघले जानकारी दिएको छ ।
कार्यक्रममा राष्टिूय फोटो पत्रकार समूह नेपालका केन्द्रिय सदस्य राम गुरुङ, राष्ट्रिय फोटो पत्रकार समूह कास्कीका अध्यक्ष कृष्णमणी बराल, पोखरा फोटोग्राफर संघ पोखरा नेपालका निर्वतमान अध्यक्ष रमेश सापकोटा, कार्यक्रम संयोजक जिवन ढुङ्गगानाले बोलेका थिए । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष शिवहरी अधिकारीले स्वागत र सहसचिव रवि दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top