0

पोखराको रामघाटस्थित टप्स उच्च माविमा क्रियाशील टप्स सिर्जनशील समूहले गायक एवम् सङ्गीतकार सरोजगोपाल बज्राचार्यको सम्झनामा मङ्गलबार एक कार्यक्रम गरेको छ । समूहले विद्यालयका शुभचिन्तक एवम् नेपाली सङ्गीत क्षेत्रका महत्त्वपूर्ण व्यक्ति भएको भन्दै सरोजगोपालको योगदानको चर्चा गरिएको हो । गायक बज्राचार्यका बाल सखा समेत रहेका विद्यालयका प्राचार्य रत्नमान गुरुङले बज्राचार्यको योगदानको चर्चा गर्दै उहाँ निकै मिलनसार व्यक्ति भएको सम्झना गरे । उनले सरोजगोपाल टप्सको शुभेच्छुक रहेको भन्दै निधन हुनुभन्दा केही दिनअघि मात्र आएर विद्यालयको प्रगति देखेर खुसी प्रकट गरेको सम्झना गरेका थिए । त्यस्तै, साहित्य विभागका संयोजक रुपिन्द्र प्रभावीले सरोजगोपालले नेपाली सङ्गीतलाई सम्मानित बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।

Post a Comment

 
Top