0

जिल्ला प्रशासन कार्यालय कास्कीले हिन्दू नारीहरुको महान् चाड हरितालिका तीजको समयमा महिलाहरुलाई बढी भड्किलो र तडकभडक मुक्त रुपमा मितव्यापी, अनुशासित र मर्यादित ढङ्गले मनाउनका लागि आग्रह गरेको छ । कास्की जिल्ला गत वर्ष नै भड्किलो तीज मुक्त जिल्ला घोषणा भइसकेको छ । विभिन्न संघसंस्थाहरुले पनि  यो चाडलाई मनाउदाँ सामाजिक व्यवहार सुधार ऐन २०३३ अनुसार मनाउनका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना प्रकाशित गरी अनुरोध गरेको हो । कुनै पनि संघसंस्थाले कानुन विपरीत तीजलाई भड्किलो बनाउने प्रयत्न गरे कानुन बमोजिम कारवाही गरिने पनि जिल्ला प्रशासनले सूचनामा प्रकाशित गरेको छ ।

Post a Comment

 
Top