0
रोटरी क्लब पोखराद्वारा सोमबार पश्चिमाञ्चल विकास क्षेत्रका ४४ वटा सरकारी विद्यालयलाई  २०० थान कम्प्युटर, ल्यापटप, प्रिन्टर र टेवुल हस्तान्तरण गरिएको छ । रोटरी क्लब ताइवानको सहयोगमा रु.९८ लाख  बराबरका ती सामग्रीहरू यस क्षेत्रका गोरखा, लमजुङ्ग, तनहँु, कास्की, स्याङ्गजा, पर्वत र बागलुङ्ग जिल्लाका विद्यालयहरूलाई प्रदान गरिएको हो । कम्प्युटर सामग्री पाउनेमा २० वटा प्राथमिक, आठ वटा निमावि र १६ वटा माध्यामिक विद्यालय छन् । प्राथमिक विद्यालयले दुई थान र निमावि र माविले सातदेखि १० स्थानसम्म कम्प्युटर पाएका छन् ।
शिक्षामन्त्री चित्रलेखा यादवले आज यहाँ आयोजित एक समारोहमा विद्यालयहरूलाई कम्प्युटर र अन्य सामग्रीहरू हस्तान्तरण  गर्र्दै राज्यले व्यावसायिक शिक्षा दिन नसक्दा अहिले वेरोजगारीको सङ्ख्या बढेको बताए । बालबालिकालाई गुणस्तरीय शिक्षा दिन नसकेसम्म  शिक्षा क्षेत्रको विकास नहुने धारणा राख्दै उनले प्राप्त सिमित र श्रोतलाई अधिकतम् परिचालन गरी विद्यालयहरूले पठनपाठन गराउनुपर्ने विचार व्यक्त गरिन ।
सरकारले त नीति नियम बनाउने मात्रै हो भन्दै मन्त्री यादवले शिक्षक, अभिभावक र जिल्ला शिक्षा कार्यालयले नै बालबालिकाको भविष्य उज्ज्वल बनाउने प्रमुख दायित्व हो भनिन् ।
क्लबका अध्यक्ष मोहनसिंह खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक जगनबहादुर गुरुङ्ग र सुन्दरकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।स ोही समारोहमा मलेसियाका गुरु सच्चिदानन्द आनन्दले विभिन्न विद्यालयलाई भौतिक पूर्वाधार विकासका लागि रु छ लाख हस्तान्तरण गरेका थिए ।

Post a Comment

 
Top