0
राधाकृष्ण मन्दिर संरक्षण समिति पोखरा मझेरीपाटनद्वारा आयोजना गर्न लागिएको खुल्ला भजन चुड्का प्रतियोगिता आगामी भदौ १ गते हुने भएको छ । राष्ट्रिय कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा करिब २५ टिमको सहभागिता हुने प्रतियोगिताका संयोजक भिमसेन थापाले जानकारी दिए । मन्दिर परिसरमा हुने प्रतियोगिता कृष्णजन्माष्टमीको रात हुनेछ । प्रतियोगितामा सहभागी हुन टिमले ३ सय रुपैयाँ शूल्क बुझाउनु पर्ने सचिव राजु थापाले जानकारी दिए । प्रतियोगितामा विजयी टिमले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार र सान्त्वना हुने २ टिमले ५ हजारका दरले नगद पुरस्कार साथै प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट नृत्य र झाँकीलेसमेत ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । सहभागी टिममा न्यूनतम १० जना हुनुपर्नेछ भने सहभागीलाई प्रतिष्पर्धाका लागि २० मिनेटको समय दिइनेछ । समितिले मन्दिर परिसरमा बहूउद्देश्यीय भवन निर्माण, पार्क निर्माण, खानेपानीको व्यवस्था लगायतका योजनामा खर्च गर्ने उद्देश्य लिएको छ । प्रख्यात लोकगायक प्रजापति पराजुलीले सञ्चालन गर्ने कार्यक्रमबाट २५ लाख रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिता आयोजना गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको छ । प्रतियोगितामा सहभागी हुने टिमले यही ३१ गतेसम्म दर्ता गर्नुपर्ने बताइएको छ ।

Post a Comment

 
Top