0
जिल्ला शिक्षा कार्यालय कास्कीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कास्की जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको छ । साक्षर जिल्ला वनाउने कार्यमा सहयोग गर्न शिक्षा कार्यालयले सम्वद्ध सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ । जिल्लाका हरेक गाविस र नगरपालिकाका वडा सचिवहरुको भेला गराएर शिक्षा कार्यालयले आ आफ्नो ठाउमा सम्वद्ध पक्षलाई राखेर काम सुरु गर्न निर्देशन दिएको छ ।
१५ देखि ६० वर्ष भित्रका ९५ प्रतिशत मानिस साक्षर भएमा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सकिने सरकारी नीति  रहेको छ । करिव ५ लाख जनसंख्या रहेको कास्कीमा अहिले ११ हजार २० जना अझै निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयले दिएको तथ्याङ्कमा  उल्लेख छ ।
जिल्लालाई साक्षर जिल्ला वनाउनका लागि २०६७ मा घरधुरी सर्भेक्षणवाट निरक्षर प्रौढहरुको तथ्याङ्क संकलन गरि जिल्ला शिक्षा समितिले प्रौढ कक्षा संचालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०६७÷०६८मा महिला २५ हजार एक र पुरुष आठहजार ५ सय ६७ गरि ३३ हजार ६ सय ७५ निरक्षर रहेकोमा आर्थिक वर्ष २०७०÷०७१मा  आईपुग्दा ११ हजार २० जना रहेको सहाएक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  ४३ गाविस र उपहानगरपालिका सहित दुई नगरपालिका रहेको कास्कीमा हेम्जा, सिद्ध, रिभान, घाचोक, भलाम, माझठाना, सार्दिखोला  गरि सात गाविस र पोखरा उपमहानगर पालिकाको १६ नंवर वडा यस अघिनै साक्षर घोषणा भईसकेको छन् । कास्कीका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यले बताए ।

Post a Comment

 
Top