0

पोखराको चिप्लेढुङ्गामा संचालित दौंतरी दोहोरी साँझ एण्ड क्याफे रेष्टुरेण्ट १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । दौतरीले आफ्नो वार्षिकोत्सव अवसर पारि मंगलबार पोखरा–१७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा फूलफूल तथा नगद वितरण गरेको छ । दोहोरी साँझका कलाकार तथा कर्मचारीको उपस्थितिमा संचालक यामबहादुर गुरुङले पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुललाई नगद पाँच हजार एक सय पाँच, एक बोरा चामल तथा करिब ४० केजी फलफूल वितरण गरेका हुन् ।  त्यस अवसरमा बोल्दै उनले बृद्धबद्धाको आशिर्वाद लागोस् भनेर कलाकार, कर्मचारी तथा व्यवस्थापन मिलेर वृद्धाश्रममा सहयोग गरेको बताए । वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले विभिन्न सङ्घसंस्था तथा व्यक्तित्वको सहयोगले नै वृद्धाश्रम हालसम्म चल्दै आएको बताए ।  ६४ जना वृद्धवृद्धाले वृद्धाश्रममा आश्रय लिइरहेका छन् । वृद्धाश्रममा करिब पौने दुई करोडको लागतमा २० कोठे शौचालय, स्नानकक्ष र सुविधासम्पन्न भ¥याङ ¥याम्पसमेत निर्माण भइरहेको जानकारी पराजुलीले दिए । यसैगरी दौतरीले तीन दिने विशेष कार्यक्रम गर्दैछ । भदौ ५, ६ र ७ गतेसम्म तीज विशेष कार्यक्रममा कलाकार राजु गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ तथा निशा पोखरेल, काजल गुरुङ, कमला गैरे, निकिता गुरुङ, गोविन गुरुङ, सुरज लामिछाने, सुरेश गुरुङ, राजेश गुरुङ, रामकृष्ण गायक, पाण्डव, पारस, विमल र अशोक लगायतका नियमित कलाकारले सांस्कृति प्रस्तुति दिने संचालक गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top