0
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, पृथ्वी नारायण क्याम्पस इकाई समितिले नेपाल प्राध्यापक संघ दिवसको अवसरमा बुधबार प्राध्यापक सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २५ वर्ष सम्म सेवा गरेका प्राध्यापकहरुलाई ज्येष्ठ प्राध्यापक सम्मान गरिएको थियो भने क्याम्पसबाट अवकाश लिएकालार्य बिदाई सम्मान र विभिन्न विषयमा विद्यावारिधि प्राप्त गरेका प्राध्यापकलाई विद्यावारिधि उपाधि प्राप्त प्राध्यापकको सम्मान दिइएको थियो । बिदाई सम्मान पाउने प्राध्यापकहरुमा प.डा. कृष्ण केसी, ध्रुव केसी र कुञ्जराज थापा रहेका छन् भने ज्येष्ठ प्राध्यापक सम्मान पाउनेहरुमा डा.कुष्माकर न्यौपाने, प्रा.डा. विष्णुप्रसाद पौडेल, बाबुराम पौडेल, डा.राधा भण्डारी, कृष्णमान बुद्धाचार्य, शेखरनाथ अधिकारी, किशोर कुमार पोखरेल र विश्वराम अधिकारी रहेका छन् ।  यसैगरी विद्यावारिधि उपाधि प्राप्त गरेकोमा सम्मानित हुने प्राध्यापकहरुमा डा. यामबहादुर श्रेत्री, डा. राधा भण्डारी, डा. शुक्रराज अधिकारी, डा. रामचन्द्र बराल र डा. रामजीवन यादव रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय कोषाध्यक्ष इन्द्रप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय संघ र विश्वविद्यालय पदाधिकारीहरु बीच करिब ४० दिन आन्दोलन चलिसके पछि भएको केही सम्झौता कार्यान्वयन हुने बताएका छन् । उक्त आन्दोलन सबै प्राध्यापक र विद्यार्थीहरुको लागि भएकाले सबैलाई साथ दिन पनि उनले आग्रह गरे । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पृथ्वी नारायण नारायण एकाई समितिका सभापति डा.यमनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिवि प्राध्यापक संघका केन्द्रीय सदस्य कालिदाश शर्मा, क्याम्पस प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top