0
वरिपरि तीजको रमझम बढीरहेको वेला लेखनाथ–३ सक्नेरीका गंगाबहादुर रानाभाट र माता नारायणी रानाभाटको परिवार शोकमा डुबेका छन् । कान्छो सन्तान सबै बाबुआमाको प्यारो हुने त्यसैले होला उनकी आमा नारायणीका आँखा सोही दिनदेखि अझै ओभानो हुन सकेको छैन । चौपट्ट गर्मी छल्नका रानाभाट दम्पत्तिका दुई छोरामध्येका १९ वर्षका कान्छा छोरा निरज रानाभाट पौडी खेल्न गएका थिए  कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा १२ कक्षामा अध्ययनरत आफ्ना समकक्षी अमृत भुजेल र आशिष भुजेलसँग पौडी खेल्नका लागि उनीहरु पेनगुइन स्वीमिङ पुल हेमजा पुगेका थिए । हास खेल र रमाइलो गर्दै गएका तीन जना साथीहरु फर्किदा नमिठो र अपत्यारिलो समाचार लिएर फर्किनु प¥यो । दुई फरक–फरक पोखरीमा पौडी खेलेका भुजेल र निरज फरकै परिवेशमा घर फर्के । आशिष र अमृत कुशल फर्के भने निरजको घरमा शव आयो । निरजको पौडी खेल्ने क्रममा डुबेर यही साउन १४ गते निधन भएको थियो । उनैको स्मृतिमा भाट समाज नेपाल पश्चिमाञ्चल क्षेत्रीय समिति, कास्की जिल्ला समिति र लेखनाथ इकाई समितिले शनिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

Post a Comment

 
Top