0
सामुदायिक सेवा केन्द्र बैदामको १३औ साधारण सभा एवं सातौ अधिवेशन शनिबार शुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै पश्चिमाञ्चल प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले सामुदायिक सेवा केन्द्रहरुले समाजका निमुखावर्गलाई सहयोग गर्नुपर्ने बताए । टाठाबाठा र पहुँचवाला आफैले वा अरु कसैलाई भन्न लगाएर पनि काम लिन सक्छन् तर निमुखाले त्यसो गर्न सक्दैनन् उनले भने–तिनै निमुखावर्गलाई न्याय दिलाउनका लागि सामुदायिक सेवा केन्द्रले सहयोग गर्नुपर्छ ।  उनले नागरिकको सहयोगविना प्रहरी एक्लैले केहि गर्न नसक्ने स्पष्ट पारे । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मङ्गल नेपाली, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका कार्यबाहक अध्यक्ष विष्णुबहादुर भट्टराई, कानुनी सल्लाहाकार ज्ञानेश्वर पराजुली, नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटा, सल्लाहाकार बासु त्रिपाठी, नेपाली काङ्ग्रेसका वडा सभापति दिपक कुँवर, नेकपा एमालेका कालिबहादुर परियार, एनेकपा माओवादीका हरिप्रसाद भण्डारी, राप्रपाका गणेश ढकाल, जरेवर उज्वल दिदी बहिनी समूहकी अध्यक्ष दुर्गादेवी तिमिल्सिनाले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र बैदामकी अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हेमप्रसाद तिमिल्सिनाले स्वागत र सचिव भिम पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजनामा शनिवार पोखराको गाईघाट क्षेत्रमा बिरुवा गोडमेल  कार्यक्रम सम्पन्न गरियो  । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् वडा प्रहरी कार्यालय बगरका प्रहरी ईन्चार्ज प्रहरी निरीक्षक अमर थापाले पाखुरीको बिरुवालाई गोडमेल गरेर  कार्यक्रमको उद्घाटन गरेका थिए । उनले समुदायको सहयोगबिना प्रहरी कामबारवाही सफल हुन नसक्ने धारणा राख्दै जलवायु परिवर्तन रोक्नका लागि हुर्किएका बोट बिरुवाहरुको संरक्षण गरि खालि जग्गाहरुमा बिरुवा रोप्नुपर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका संस्थापक अध्यक्ष सीता गुरुङ्गले रोपिएका बिरुवा नसरेका ठाउँमा रोप्न नयांँ बिरुवा उपलब्ध गराएकी थिइन ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बगर, सुखवती गुम्बा, नमुना आमा समूह, साहारा आमा समूह, मनकामना महिला सहकारी संस्था ,शिदार्थ आमा समुह, हरिचोक आमा समुह, सक्रिय जागरुक युवा क्लव कस्सेरी लगायतका विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो  । केन्द्रका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सामुदायिक सेवा केन्द्र बगरका कार्यसमिति सदस्य रुद्र प्रसाद सुवेदी च्वाई, संस्थाका सह सचिव रामभुषण पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top