0

नेपाल तमु विद्यार्थी छोँज धी कास्कीले यसवर्ष पनि मिस तमुस्यो प्रतियोगिता गर्ने भएको छ । चौथो मिस तमुस्योको रुपमा आगामी मंसिर २५ गते प्रतियोगिता हुने  शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष तथा मिस तमुस्यो नेपाल –२०१४ का संयोजक भुपाल गुरुङले दिएको जानकारी अनुसार पहिलो चरणको अडिसन यहि भदौ अन्तिम हप्ता देखि देशका ९ स्थानमा हुनेछ  । जस अनुसार
भदौ २५ गते बुधबार लम्जुङ्ग बेशिशहर, भदौ २६ गते चितवन, भदौ २७ गते नवलपरासी, भदौ २८गते काठमाडौँ, भदौ २९ गते बुटवल, भदौ ३० गते स्याङजा राम्बाच्छा, भदौ ३१ गते धरान, असोज २ गते झापा विर्तामोड, र असोज ४ गते पोखरामा अडिसन गरिने भएको छ । देशभरबाट छानिएर आएको २५ प्रतियोगीहरुलाई मंसिर २५ गते पोखरा सभागृहमा प्रतिष्पर्धा गराइ मिस तमुस्यो नेपाल २०१४ घोषणा गरिने छ ।

Post a Comment

 
Top