0
वडा प्रहरी कार्यलय बगरका प्रमुख नव आगन्तुक प्रहरी निरीक्षक  अम्बरबहादुर थापा क्षेत्रीलाई शनिबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेजर चन्द्र बहादुर पुन,समितिका अध्यक्ष विष्णु शंकर ख्वाँउजु, अस्थायी प्रहरी विट नदीपुरका प्रहरी हवलदार हेम बहादुर क्षेत्री  लगायतले फुल माला र खादा ओढायर प्रहरी निरीक्षक क्षेत्रीलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक क्षेत्रीले राजनीतिक दवावमा आएर कुनै पनि अपराधिलाई नछाडने बताए ।  कार्यक्रमका प्रमुख अतिथि पुनले नवआगन्तुक प्रहरी निरीक्षक क्षेत्रीलाई कार्यकालको सुभकामना दिनै शान्ति सुरक्षा चुस्त राख्न सुझाव दिए ।
अस्थायी प्रहरी विट नदिपुरका प्रहरी हवलदार क्षेत्रीले शान्ति सुरक्षा चुस्त राख्न कुनै कसर बाँकी नराखेको बताउँदै अपराध नियन्त्रणमा अझै चनाखो रहने प्रतिवद्धता जनाए । समितिका अध्यक्ष विष्णु शंकर ख्वाँउजुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Post a Comment

 
Top