0
 सिन्धुपाल्चोकमा गएको पहिरोबाट विस्थापित नागरिकहरुको लागि कास्कीको लेखनाथ नगरपालिका वडा नं ८ शिशुवामा रहेको कञ्चनजङ्गा एकेडेमिक सेन्टरमा गठन गरिएको  जुनियर रेडक्रस सर्कल, कञ्चनजङ्गा सिनियर स्टुडेन्टस एशोसिएशनको सक्रियता र शिक्षकहरुको सहभागितामा राहत सङ्कलन गरिएको छ । विद्यालयका संरक्षक सन्दिप अधिकारी, शिक्षक नायक बिष्णुहरिु पौडेल, शिक्षक सह–नायक सुमन जिसीसहितको एक भेलाले विद्यालयमा गठन गरिएको जुरेश र सिनियर स्टुडेन्टसले संयुक्त रुपमा राहत सङकलन गर्ने निर्णय अनुसार सो कार्यक्रम गरिएको जनाईएको छ । एकदिनको खाजा पहिरो पीडितका लागि भन्ने मूल नाराका साथ गरिएको राहत सङ्कलन कार्यमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । एक दिन विद्यार्थीहरुले खाजा नखाई  तीन हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको विद्यालयले जनाएको छ । साथै सङ्कलित रकम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीलाई हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल सन्दिप अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । विद्यार्थीहरु गरेका यस्ता सहयोगलाई सदैव कायम राख्नुपर्ने उनको धारणा थियो ।  सिन्धुपाल्चोकको पहिरोमा परि १५६ जनाको ज्यान गएको र ५०० जना भन्दा बढी विस्थापित भएका छन् ।

Post a Comment

 
Top