0
नेपाल तमु विद्यार्थी छोँज धीं पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस इकाइ समितिले वनभोज तथा बिदाइ कार्यक्रम ग¥यो ।
आइतबार बेगनास तालमा आयोजना गरिएको वनभोज कार्यक्रममा समितिले क्याम्पसमा डिप्लोमा तेस्रो र चौथो सेमेस्टर बाट विदाइ हुन लागेका तमु विद्यार्थीहरु बिदाइ गरेको हो । वनभोज तथा विदाइ कार्यक्रममा बोल्दै नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष भुपाल तमुले तमु समुदायबाट प्राविधिक शिक्षा अध्ययन गर्ने तमु विद्याथी कमै रहेको भन्दै यसतर्फ तमु समुदायको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । प्राविधिक शिक्षा हासिल गर्ने विद्यार्थीहरु विरलै मात्र रहेको दावी गर्दै तमु समुदायले यस तर्फ ध्यान केन्द्रीत गर्न जरुरी रहेको बताए । उनले प्राविधिक शिक्षा हासिल गरेका तमु विद्यार्थीहरु परिवार या समुदाय कै कारण विदेशिन बाध्य भएको भन्दै देश भित्रै अत्मानिर्भर बन्नुपर्ने दावी गरे । अध्यक्ष तमुले प्राविधिक शिक्षा हासिल गरेको विद्यार्थीहरुले व्यक्ति मात्रै नभइ समुदायको नै प्रतिष्ठ बढाएको बताए । उनले तमु समुदायका युवाहरु वैदेशिक रोजगारलाई मुख्य पेशा बनाउँदै आएको दावी गर्दै अबका युवाले दक्ष प्राविधिक बनेर देशका लागि केहि गर्नुपर्ने औंल्याए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष तमुले प्राविधिक शिक्षालाई अध्ययन गरे पश्चात प्रयोगमा ल्याउनुपर्नेमा जोड दिंदै तमु विद्यार्थीहरुको हकहित र अधिकार स्थापित गर्न संगठन सदैव तत्पर रहेको बताए । कार्यक्रममा नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका सचिव भोज तमुले सम्पुर्ण तमु विद्यार्थी एक भइ अगाडि बढ्न आगं्रह गरे । उनले तमु विद्यार्थीहरु एकजुट हुन सकेमात्र अधिकार प्राप्ती गर्ने दावी गरे । इकाइ अध्यक्ष ध्रुव तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व इकाइ अध्यक्ष जानकी तमु, सुमन तमुले डब्लुआरसीमा तमु विद्यार्थी छोँज धीं इकाइलाई क्रियाशिल राख्ने जिम्मेवारी नयाँ कार्यसमितिको रहेको बताए । प्राविधिक शिक्षामा तमु समुदाय कै प्रतिनिधित्व कम रहेको औंल्याउँदै तमु विद्यार्थी एकजुट हुन आवश्यक रहेको बताए । इकाई सचिव मिलन तमुले संचालन गरेको कार्यक्रममा इकाइ उपाध्यक्ष प्रेम बहादुर तमुले स्वागत मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top