0
जिल्ला खेलकुद विकास समिति कास्की नमूना युवा सूचना केन्द्र र नेपाल फिजिकल टे«निङ एशोसियसनको आयोनजामा मंगलबार पाँचहजार मिटर दौड प्रतियोगिता हुने भएको छ । ‘सम्बृद्धिका लागि मानसिक स्वास्थ्य युवा’ भन्ने नारासहित मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा रंगशालामा खुल्ला पाँच हजार मिटर दौड आयोजना गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न क्लब तथा संघसंस्थाबाट झण्डै एकसय युवाहरुले सहभागिता जनाउने विश्वास छ । प्रतियोगितामा विजेता धावकलाई नगद ८ हजारसहित पदक तथा प्रमाणपत्रबाट सम्मानित गरिने छ भने उपविजेतालाई नगद ५ हजार तेस्रो हुनेलाई नगद ३ हजार प्रदान गरिने छ । यसैगरी चौथोदेखि दशौं स्थानसम्म आउनेलाई नगद १ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

Post a Comment

 
Top