0
नेपाली नारीहरुको महान् चाड हरीतालिका तीजको अवसर पारेर विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कास्कीको कालिकामा रहेको अघौँ कालिका युवा क्लबले भोलि बिहीबार तीजगीत प्रतियोगिता आयोजना गर्दैछ ।
उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव श्रीकृष्ण तिमिल्सिनाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु.५ हजार, रु.४ हजार, रु.३ हजार र रु.२ हजार प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट नृत्य तथा भेषभुषालाई नगद रु.१ हजार पुरस्कार समेत प्रदान गरिनेछ । कार्यक्रममा करीब १० टीमको सहभागिता रहेने अनुमान आयोजकको रहेको छ ।

Post a Comment

 
Top