0
हरितालिका तीजको अवसरमा कन्या क्याम्पस नदीपुरले मंगलबार आयोजना गरेको अन्तर कक्षा तीज गीत प्रतियोगितामा शिक्षा संकाय कक्षा ११ प्रथम भएको छ । प्रतियोगितामा शिक्षा संकाय कक्षा १२ द्धितिय, मानविकी संकाय कक्षा ११ तृतिय भएको छ । विजयी समुहलाई क्रमश ः २५ सय, १५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिइएको थियो । त्यस्तै उत्कृष्ट नृत्यमा अग्रेजी माध्यमको व्यवस्थापन संकाय कक्षा ११ लाई पनि प्रोत्साहन स्वरुप नगद १ हजार प्रदान गरिइएको थियो । ६ समुहको सहभागीता रहेको प्रतियोगितामा क्याम्पसका उप–प्राध्यापकद्धय गणेश न्यौपाने र लक्ष्मण श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा छात्रा कल्याण समिति संयोजक प्रनिशा श्रेष्ठ, भू.पू अध्यक्ष संगीता बज्राचार्य, प्राध्यापक संघ कन्या क्याम्पस इकाई अध्यक्ष कृष्णमान बुद्धाचार्य लगायतले बोलेका थिए । क्याम्पस प्रमुख मेजरमान बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख ईश्वर श्रेष्ठले गरेका थिए ।
यसैगरी स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखराले हिन्दु नारीको महान् चाड हरितालिका तिजको अवसर पारेर विद्यालयमा कार्यरत ३५ जना महिला शिक्षिका तथा कर्मचारीलाई दर खुवाउने कार्यक्रम यही सोमबार सम्पन्न भएको छ । विद्यालका संस्थापक ÷निर्देशक रमाकान्त बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयकी प्राचार्य निर्मला बरालले कुनै शिक्षिका तथा कर्मचारीहरूको माइत टाढा भएको कारणले जान नसक्ने आदि कारणले र अन्य शिक्षिका तथा कर्मचारीहरूलाई समेत तिजको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बताइन । प्रमुख अतिथि रमाकान्त बरालले हरितालिका तीज परापूर्व कालदेखि चल्दै आएको र यसलाई संस्कृतिको रुपमा लिनुपर्ने भन्दै सम्पूर्ण सहभागीहरूलाई शुभकामना प्रदान गरे । सो कार्यक्रममा शिक्षिका सुशिला पौडेलले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन ।
यसैगरी हरिदेवी कोइराला साहित्य तथा सङ्गीत सम्मान कोषले आङ्कुरा सङ्क्रमित तथा एकल महिला समूहलाई ‘तीजको कोशेली’ प्रदान गरेको छ । कोषका संरक्षक रामबहादुर कोइरालाले मङ्गलबार कास्कीको पुरञ्चौर स्थित आँकुरा सङ्क्रमित तथा एकल महिला समूहकी अध्यक्ष लक्ष्मी अधिकारीलाई ‘तीजको कोशेली’ हस्तान्तरण गरेका हुन् । अरु महिला तीजको वेलामा रमाई रहँदा सङ्क्रमित तथा एकल महिला पनि विमुख हुन नपरोस् र चाडका नाममा हुने अनावश्यक खर्च कटौति गरी असाहायहरूलाई सहयोग गर्नु पर्छ भन्ने लोकगायिका हरिदेवी कोइरालाको सदिच्छानुसार कोषले विगत छ वर्षदेखि समूहलाई निरन्तर ‘तीजको कोशेली’ प्रदान गर्दै आएको छ । समूहलाई कोसेलीको रुपमा दाल, चामल, घिउँ, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो । समूहकी अध्यक्ष लक्ष्मी अधिकारीले कोषबाट निरन्तर सहयोग प्राप्त भइरहेकोमा खुसी व्यक्त गरिन् । उनले सहयोगको निरन्तरताको अपेक्षा गर्दै संस्थालाई धन्यवाद पनि दिइन् । कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सङ्क्रमित तथा एकल महिलाहरूको अवस्थाबारे जानकारी लिदै अन्य संघ–संस्थाबाट पनि सहयोग जुटाउन पहल गर्ने आश्वासन दिएका थिए ।
यसैगरी लोक संस्कृतिको संरक्षण तथा प्रबन्ध गरौा भन्ने मूल नाराका साथ नारीहरुको महान् चाड हरीतालिका तीजको अवसरमा ठुमाको डाडा तार्कउँमा तीज गीत प्रतियोगिता सम्पन्न गरिएको छ भूपू विद्यार्थी र धुव्र उच्च माविको संयुक्त आयोजनामा उक्त विद्यालय प्राङ्गणमा कार्यक्रम १२ गते आयोजना हुने आयोजकमध्येका विद्यार्थी सुमन पहारीले जनाएका छन् । कार्यक्रममा तीजगीत प्रतियोगितामा प्रथम, दित्तीय, तृतीय साथै उत्कृष्ट नृत्यलाई पनि नगद पुरस्कारका साथ प्रमाणपत्र प्रदान गरिने पहारीले जानकारी दिएका छन् । कार्यक्रमको लागि प्रतियोगिताको दिन बिहान ९ बजेसम्म प्रतियोगितामा सहभागी हुन चाहानेले टीम दर्ता गराउन सक्ने पनि आयोजकले जनाएको छ ।
यसैगरी कुँवर मिलन समाज पोखरा १५ को आयोजना र कुँवर मिलन नारी समाजको सह आयोजनामा चेलीवेटीहरुको सम्मानमा तीज विशेष कार्यक्रम सम्प्न्न भएको छ । समाजका अग्रज, बरिष्ठ समाजसेवी गंगा कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्पूर्ण नारीहरुलाई शुभकामना दिंदै कुँवरले नारीहरुलाई घर परिवारमा आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्दै समाजको निम्ति पनि केही योगदान दिन आग्रह गरिन् । नारीहरु पहिला आmू शिक्षित र सशक्त बन्न जरुरी छ, अनि मात्र समुदायमा आफ्नो चिनारी सहितको योगदान दिन सकिन्छ, उनले भनिन् । समाज नेपालका केन्द्रीय उपाध्यक्ष निरज कुँवर थापाले सबै नारीहरुलाई तीजको शुभकामना दिंदै तीजलाई भड्किलो नबनाई भव्य र सभ्यसँग मनाउनु पर्ने बताए । कुँवर समाज नेपालका केन्द्रीय सदस्य तिलक थापाले शुभकामना दिंदै तीज पर्वले नारीलाई सम्मान र स्वतन्त्रता दुवै दिने हुँदा आफूले पाएको सम्मान र स्वतन्त्रतालाई शक्तिमा रुपान्तरण गरी समाज विकासमा लगाउनु पर्ने बताए । ललित बहादुर कुँवर, हरिकृष्ण कुवँर, ठाकुर प्रसाद तुलाचन, श्याम कुमार कुँवर, रामेश्वर थापा, जीत कुमारी तुलाचन लगायतले मन्तव्य राखेको कार्यक्रम अर्जुन कवँुरले संचालन, मनु कुँवर थापाले स्वागत र मेघ बहादुर कुँवर थापाको अध्यक्षतामा भएको थियो ।
यसैगरी क्षेत्री महिला समाज नगर समन्वय समिति पोखरा र क्षेत्री युवा समाजको आयोजनामा मंगलबार पोखराको चिप्लेढुंङ्गामा तीज गीत प्रतियोगिता   सम्पन्न गरेको छ । जातीय सद्भाव र राष्ट्रिय सद्भाव कायम राख्ने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको समितिले जनाएको छ । पोखराको मानव अधिकार चोकमा आयोजित सो प्रतियोगितामा पोखराका २२ वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगीहरुले राष्ट्रिय भावनाले ओतप्रोत भएका तीजेगीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा क्षत्री महिला समाज नेपाल प्रारम्भीक कार्य समिती ढिकुर पोखरी प्रथम , प्रतियोगितामा क्षत्री महिला समाज नेपाल प्रारम्भीक कार्य समिती द्वितीय पुम्दीभुम्दी र प्रतियोगितामा क्षत्री महिला समाज नेपाल प्रारम्भीक कार्य समिती हेम्जा “क” तृतीय भएका छन् भने क्षत्री महिला समाज नेपाल प्रारम्भीक कार्य समिती पोखरा १३ र लेखनाथ १३ ले सान्त्वना स्थान हासिल गरेका छन् भने उत्कृष्ट भेषभुषा हेम्जा “ख”ले जितेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई अकर्षक पुरस्कारको व्यवस्था मिलाईएको समितिले जनाएको छ । यसैगरी नेपालि नारिहरुको महान् चाड हरितालिका तिजको अवसरमा चितवनका विपन्न वर्गका चेपाङ नारिहरुसँग पोख्रेलिले शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरे । उक्त कार्यक्रममा एक सय २० थान सारी वितरण तथा दुई सय भन्दा वढीलाई दर खुवाइएको थियो । उपहार समेत दर खुवाउने कार्यक्रम तथा विकृति विसंगति हटाउदै सुसव्य समाजको निर्माण गरौ भन्ने उद्घोषका साथ मानव विकास मंच नेपाल र चामल संकलन अभियान मुल आयोजक समितिले मंगलवार चितवन जिल्लाको चंडिभञ्याङ गाविसका महिलाहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि चेपाङ समुदायका सहभागि मध्ये जेष्ठ नारी सनमाया चेपाङलाई मानव विका मंच नेपालका अध्यक्ष तथा अभियन्ता सुष्मा पौडेलले सल तथा खादा ओढाई सम्मान गर्दै सारी लगाइदिएर कार्यक्रमको उद्घाटन गरेकि थिइन् । कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेकि पौडेलले नेपालि नारीहरु विच आत्मियता वढाउन र हुदा खाने र हुने खाने विचको दुरी मेटाउनका लागि समेत उक्त कार्यक्रम आयोजना गरिएको वताइन् ।
विद्यालयका प्रध्यानअध्यापक गोपी सिलवालले तिजका अवसरमा यस्तो सृजनात्मक काम गरेकोमा पोख्रेलि दिदीवहीनीहरुलाई धन्यवाद ज्ञापन गर्दै ठुला ठुला तारे होटेलहरुमा कार्यक्रम आयोजना गर्नुभन्दा यस्ता कार्यक्रमले केही वर्गलाई खुसि दिन सकिने वताए । कार्यक्रममा पर्यटन व्यवसायि तथा महिला शसक्तिकरण नेपालका अध्यक्ष लक्कि कार्की, सारी संकलन मुल आयोजक समितिका व्यवस्थापक तथा सृजना महिला सहकारी संस्थाका अध्यक्ष निता वराल,आदर्श नारी समुहका अध्यक्ष सरस्वती अधिकारी, नारी उत्थान समुहका सचवि रीता सुवेदी र शान्ति मार्ग दिदी वहिनी समुहका अध्यक्ष देवका पौडेलले अभियान अत्यन्त राम्रो भएको भन्दै चाडवाडहरुलाई सुसव्य तरिकाले मनाउनुपर्नेमा जोड दिए ।
यसैगरी लेखनाथको आर्दश युवा क्लवले आफनो टोल वरपरका आमाहरुलाई वोलाई तीज पर्व मनाएको छ । घरमा सदै आमाहरुले पकाएको खादै आएका युवाहरुले मंगलवार विगत वर्षमा जस्तै आमाहरुलाई एकै ठाउमा वोलाएर सामुहीक रुपमा दर र सास्कृतीक कार्यक्रम सहितको तीज पर्व मनाएको हो । क्लवका अध्यक्ष विशाल श्रेक्ष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सम्पूर्ण आमा समुहहरुको तर्फवाट मनु सुनार,संयत्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, ङयोए तमु धी लेखनाथका अध्यक्ष जंङ वहादुर गुरुङ,जनप्रकास उच्च मावीका प्रअ कृष्णराज पौडेल,व् यवस्थापन समितिक अध्यक्ष मनोज गुरुङ,उच्च मावी संयोजक शिवमणि भण्डारी,शिक्षा प्रेमी पुष्पमणि भण्डारी,संचारकर्मी भीमपाणि वराल लगायतले तिजको महत्व र धार्मीक पक्षका वारेमा जानकारी गराएका थिए । कार्यक्रम संयोजक अमृत थापाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन सचिव लक्ष्य भण्डारीले गरेका थिए ।
यसै वीच क्लवले हरितालीका तीज कै अवसरमा बृहत तीज महोत्सव गर्ने भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि ब्लवले भदौ १२ गते भण्डारढिक खेल मैदानमा खुल्ला तीज गीत प्रतियोगीता, युवाहरुका लागि ठेलो हान्ने प्रतियोगीता, घटै फुटाउने प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता गर्ने भएको छ ।
यसैगरी लेखनाथको अर्घौ वजार व्यवस्थापन समितीले फोहोरलाई मोहर वनाउ, बेरोजगारी अन्ते गरौं भन्ने मुल नाराका साथ राखेको बृहत नगर स्तरीय तीज गीत प्रतियोगीताको तयारी पुरा भएको छ । प्रतियोगीताका वारेमा जानकारी दिने उदेश्यले मंगलवार राखिएको कार्यक्रममा प्रतियोगीता को सम्पूर्ण तयारी पुरा भएको जानकारी गराईएको हो । समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतियोगीताका संयोजक ईन्दिरा रोक्काले तयारीका लागि गठन भएका सम्पुर्ण उप समितीले आ आफनो जिम्माको काम सम्पन्न गरिसकेका र प्रतियोगीताका लागि करिव २०टीमको सहभागीता रहने विश्वास व्यक्त गरेकी थिईन । सोही अवसरमा आर्थिक उप समितीका संयोजक राम जिसीले प्रतियोगीतका विजयी समुहहरुलाई विभिन्न संघ सस्था तथा व्यक्तिहरुवाट पुरस्कार प्रायोजन गरिए र कार्यक्रमको मुख्य प्रायोजकमा वर्जर पेन्ट रहेको जानकारी गराएका थिए । कार्यक्रममा वडा सेवा केन्द्र २ ,३ र ६का वडा सचिव लिलामणि भण्डारी र समितिका सचिव टेकप्रसाद सुबेदीले सवैको सहयोग र सहकार्यवाट कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका थिए ।  भदौं १२ गते अघौांचोकमा हुने नगर स्थरीय प्रतियोगीतमा प्रथम हुने समुहले  १०हजार पाँच सय ५५, द्धितियले सात हजार पाँच सय ५५, तृतियले पाँच हजार पाँच सय ५५ र सान्तोनाले दुई हजार पाँच सय ५५ सहित उत्कृष्ण नृत्य र भेष भुसालाई समेत पुरस्कृत गरिने कार्यक्रम रहेको छ । प्रतियोगीता संचालनका लागि करिव दुई लाख लाग्ने र विभिन्न संघ सस्था तथा सहयोगीहरुवाट दुई लाख १५ हजार संकलन हुने अनुमान आयोजकहरुले गरेका छन् । 

Post a Comment

 
Top