0

ले १३ औं इन्द्रबहादुर गुरुङ स्मृति अन्तर मावि ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । संघले पोखरामा भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका प्रचार–प्रसार संयोजक दुर्गाप्रसाद जोजिजूले जानकारी दिए । कास्की जिल्लाबाट २५ विद्यालयहरुले भाग लिने उक्त प्रतियोगितामा २ सय ५० जना विद्यार्थीहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । छात्र एकल कक्षा १०सम्म, छात्रा एकल कक्षा १० समम, छात्र युगल १० काक्षासम्म, छात्रा युगल १० कक्षासम्म, यू–१२ छात्र एकल र यू–१२ छात्रा एकल प्रतियोगिता हुने जोजिजूले जानकारी दिए । २ लाख ४५ हजार खर्चको अनुमान गरेको उक्त प्रतियोगितामा विजयी खेलाडिहरुलाई ट्रफिका साथै छात्र एकल, छात्रा एकलका विजेता र उकृष्ठ १ जना उदयमान खेलाडिलाई १÷१ थान स्पोर्टस साईकल पुरस्कारको ब्यवस्था रहेको आयोजकले बताएको छ । संघले प्रेस विज्ञप्ति मार्फत प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन समेत गरेको जनाईएको छ

Post a Comment

 
Top