0
द्रवीडायन युनिर्भसिटी आन्द्रप्रदेश भारतको आयोजनामा तीन दिने ‘ओरल इपिक्स अफ साउथ एसिया’ शीर्षकको तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भयो । सेमिनारको उद्घाटन सत्रमा कर्नाटक फोकलोर युनिभर्सिटीका उपकुलपति प्राध्यापक अम्बालिका इटियन्नाले उद्घाटन गरेका थिए ।
सेमिनारमा विभिन्न २७ देशका प्राध्यापकहरुले २७ वटा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । नेपालकोतर्फ बाट प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेले नेपाली लोककाव्यमा विश्वव्यापिकरणको प्रभावबारे गोष्ठीपत्र प्रस्तुत गरेका थिए । सेमिनारमा दिल्ली युनिभर्सिटीका प्राध्यापक टिएस सत्यनाथ, श्रीलङ्काका प्राध्यापक एस जयशंकर, द्रवीडायन युनिभर्सिटीका कार्यक्रम संयोजक डा. बेंकटेसलगायतले बोलेका थिए ।
तीन चरणमा भएको उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रम स्कुल अफ सोसल साइन्ट द्रवीडायन युनिभर्सिटीका प्राध्यापक पि सुब्बाचरीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस्तै दोस्रो चरणको कार्यक्रम द्रवीडायन युनिभर्सिटीका रजिस्टार प्राध्यापक राजेन्द्रप्रसाद र अन्तिम चरणको कार्यक्रम प्रा.डा. कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top