0
लिएकी शहिद ऋषि परियारकी धर्मपत्नी इन्द्रमाया परियारलाई मुक्ति समाज कास्कीले आइतबार सहयोग हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष दामबबहादुर विक, नेकपा एमाले कास्की क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपाली र वडा कमिटी पोखरा ९ का अध्यक्ष प्रकाश शर्माले परियारलाई सहयोग स्वरुप रु ५ हजार संयुक्त हस्तान्तरण गरेका हुन् । लेखनाथ १ भण्ढारढिक सुकुम्बासी वस्ती निवासी परियारको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । आर्थिक स्थिति अत्यन्त नाजुक भएकाले परियारलाई सहयोग गर्न समाजले आह्वान गरेको छ । साथै समाजले परियारको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ । 

Post a Comment

 
Top