0
बिशाल को–अपरेटिभ संस्था लि. कोे १५औं बार्षिक साधारणसभा संस्थाका पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रचार्य नारायण प्रसाद अर्यालले विशाल को–अपरेटिभ संस्था लि. कास्कीमा रहेका बचत तथा ऋण सहकारी संस्था मध्ये उत्कृष्ट सहकारीमा दर्ज भएको बताए ।
बचत तथा ऋण सहकारी संस्थाहरुले बचत तथा ऋणको अलवा सदस्य केन्द्रित भई उत्पादन एवं औद्योगिक ब्यवसाय तर्फ समेत ध्यान लैजानुपर्नेमा उनले जोड दिए । त्यसैगरी कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले विशाल को–अपरेटिभ संस्था लि. को सामाजिक कार्यप्रति आफूले गर्व गर्ने गरेको र आगामी दिनमा सामाजिक उत्तरदायित्व तर्फ अझ सक्रिय रुपमा लाग्न आग्रह गरे । उनले सहकारी ऐन नियम परिवर्तनको संघारमा रहेकोले त्यसतर्फ अभियान र नियमकारी निकायको बीच समन्वयको खाँचो रहेको बताए । जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष रविरमण  तिवारीले अन्य जिल्लाका तुलनामा कास्कीका सहकारीमा कम समस्या रहेको र केही सहकारीका नराम्रा कार्यहरुको चर्चा बढी र राम्रा कार्य गर्ने सहकारीको योगदानको चर्चा कम हुने गरेको तर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । कास्की नेत्रहिन संघ का उपाध्यक्ष विजय लामिछानेले नेत्रहीन संघलाई सेतो छडी प्रदान गरेर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरुमा सहकारीले अग्रिणी भूमिका निर्वाह गरेको बताए ।
संस्थाका अध्यक्ष भुवन नेम्कुलको अध्यक्षता सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष  गोविन्द प्रसाद ढकाल, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, सिटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, जिल्ला सहकारी संघ कास्कीका संञ्चालक हरिभक्त पौडेल, बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम गौतम लगायतले उच्च मनोवलका साथ सक्रिय रुपमा संस्थाको कारोबारमा सरिक हुन आग्रह गरेका थिए । बाषिक साधारण सभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु क्रमशः सावित्रा अर्याल, रमादेवी भट्टराई, अमला सुवेदी र लोक बहादुर कुँवर खाँड लाई पुरस्कृत गरिएको थियो भने एसएलसीतर्फ सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने छात्रतर्फ अनिश कार्की र छात्रा तर्फ अनिता बराल, प्रमाणपत्र तह तर्फ मिनिता बराल र कर्मचारीको रुपमा कमल ओझालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । उक्त बार्षिक साधारण सभाको कार्यक्रम संस्थाका प्रबन्ध संचालक सुदिप ढकालले संचालन गरेका थिए ।


Post a Comment

 
Top