0
पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड एलाईण्ड साइन्समा अध्ययनरत विद्यार्थीहरुको संस्था (एप्स) ले सडक वालवालिकालाई सहयोग गरेको छ । विद्यार्थीहरुले फिल्मको च्यारिटी शो बाट उठेको रकम वनभोज र भ्रमणमा खर्च गर्ने परम्परालाई तोड्दै श्रमिक बालबालिकालाई सहयोग गरेका छन् ।
कार्यक्रमबाट उठेको रकममध्ये पन्ध्र हजार रुपियाँ एक कार्यक्रमका बीच पोखरा नगरस्तरीय बाल संरक्षण समिति हस्तान्तरण गरिएको हो । संस्थाकी अध्यक्ष सविना भट्टराई, उपाध्यक्ष नारायण सापकोटा र अतिथिले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोविवि अफ हेल्थ एण्ड एलाईण्ड साइन्सका कार्यवाहक डाईरेक्टर जिएम खानले यो रकम सानो भएपनी एउटा विद्यार्थीले अर्को विद्यार्थीलाई सहयोग रहेको जानकारी दिए ।
कार्यक्रममा अफ हेल्थ एण्ड एलाईण्ड साइन्सका संयोजक सुदर्शन शर्मा, संस्थाकी सल्लाहकार रजनी केसी लगायतले आ–आफ्नो भनाइ राखेकी थिइन । कार्यक्रममा बोल्दै पोखरा नगर स्तरीय बाल संरक्षण समितीका अध्यक्ष रुद्र बहादुर थापाले संस्थाको कार्यक्रमको वारेमा जानकारी दिँदै संस्थाले हाल विभिन्न कार्यक्रम गरी वाल श्रमिक न्युनिकरण गर्दै लगेको जानकारी दिए । संस्थाकी अध्यक्ष सविना भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकै सचिव वालकुमारी पुनले गरेकी थिइन् ।

Post a Comment

 
Top