0
पोखरा–१७ बिरौटामा अवस्थित बालोदय उच्च माध्यामिक विद्यालयले नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा वक्तृत्वकला सम्पन्न गरेको छ । ‘लागूपदार्थ दूव्र्यसन र युवा’ भन्ने शीर्षकमा अन्तरसदनात्मक मा.वि. स्तरीय अँग्रेजी वक्तृत्वकला सम्पन्न भएको थियो । विद्यार्थीमा बोल्ने कलामा निखारता ल्याउन र लागू पदार्थ दूव्र्यसनको वारेमा चेतना प्रदान गर्ने उद्देश्य सहित सञ्चालन भएको उक्त कार्यक्रममा ८ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा क्रमश ः डार्विन सदनकी कविता भट्टराई प्रथम, डार्विन सदनकै केशव अधिकारी द्वितीय र पास्कल सदनका अपेक्षा ढकाल तृतीय हुन सफल भएका थिए ।

Post a Comment

 
Top