0
विश्वकर्मा अटो वक्र्स नयाँबजार पोखराले नयाँ यामाहा अल्फा स्कुटर बिक्री सोमबारदेखि सुरु गरेको छ । यामाहा रे र रे–जेड स्कुटरको सफलता, युवा पिढी माझ कमाएको प्रसिद्धि एवं छोटो अवधिमै १७.५ प्रतिशत बजार हिस्सा ओगटे लगत्तै, एम.ए.डब्लु. इन्टरप्राइजेजले अर्को उत्तिकै आकर्षक स्कुटर यामाहा अल्फा बजारमा ल्याएको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध अन्य स्कुटरहरु भन्दा यामाहा अल्फा कैयौं गुणा आरामदायी, स्टाइलिस र माइलेज पनि उच्च दिने स्कुटर हो । सबैभन्दा आरामदायी स्कुटर ट्यागलाइन रहेको यो स्कुटरकोे सिट आफ्नो श्रेणीमा सबैभन्दा लामो ८०० एमएम भएको हँुदा चलाउने र चढ्ने दुवैलाई उत्तिकै आराम महसुस हुन्छ । २५० एमएमको प्रशस्त लेग स्पेसले यो स्कुटरलाई अझ आरामदायी एवं उत्कृष्ट बनाएको छ । यामाहा अल्फाको अर्कोे मुख्य विशेषता भनेको यसमा भएको २१ लिटर स्टोरेज स्पेसमा फूलफेस हेल्मेटसहित अन्य सामानहरु सजिलै अटाउन सकिन्छ । एआरआईका अनुसार यो स्कुटरले ६२ कि.मी. प्रति लिटर को उच्चत्तम माइलेज दिने कम्पनीले जनाएको छ । यामाहा अल्फामा जडित एयर कुल्ड ११३ सिसि इन्जिन सहित रहेको कन्टिनिअस भेरिएवल ट्रान्समिसनल ले राम्रो एक्सिलिरेसन र पिक अप दिन्ने बताइन्छ ।  स्कूटर ५ वटा आकर्षक रङ्गहरुमा उपलव्ध यामाहा अल्फाको मूल्य रु. एक लाख ६९ हजार ९ सय  तोकिएको छ  । स्कूटरमा २ वर्ष वारेण्टी र ८ निःशुल्क सर्भिसिङ्ग सुविधाका साथ पाईन्छ । नेपालभर फैलिएको यामाहा शोरुममा गई ग्राहकहरुले स्कुटर खरिद तथा टेष्ट राईड गरी आकर्षक पक्का उपहार पनि तुरुन्तै पाउन सकिने बताइन्छ ।

Post a Comment

 
Top