
यसअघि, अडिसनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर सङ्घकी केन्द्रीय सदस्य देवी श्रीसमगरले रूपले मात्र सुन्दर भएर नपुग्ने बताउँदै मन, ज्ञान र कलाले सुन्दर हुनुपर्ने बताए ।
प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरूलाई आफ्नो प्रतिभा देखाउन आग्रह गर्दै श्रीसमगरले आफ्नो भाषा, संस्कृति र भेषभूषाको संरक्षणका लागि लागिपर्न समेत आग्रह गरे । त्यस्तै, सङ्घका अर्का केन्द्रीय सदस्य झलक रानामगरले मगर समुदायको इतिहास, भाषा, धर्म, संस्कृति र भेषभूषाको बारेमा नयाँ पुस्तालाई अवगत गराउन प्रतियोगिताले सघाउ पु¥याउने उल्लेख गरे । कार्यक्रमका बारेमा जानकारी गराउँदै व्यवस्थापक रिबर्थ इभेन्ट म्यानेजमेन्टका कोषाध्यक्ष शिव थापामगरले मगर भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र मगर युवतीहरूलाई अन्य जातिसरह प्रतिस्पर्धी बनाउने माध्यमका रूपमा प्रतियोगिताको आयोजना गरिएको बताए ।
Post a Comment