0

सिद्धार्थ क्लब पोखरा र कुँवरटोल टोल बिकास संस्थाको संयुक्त आयोजनामा महिलाको नेतृत्व क्षमता विकासका लागि ७ दिने सकारात्मक सोच तथा नेतृत्व बिकास तालिम सम्पन्न भयो ।
ब्रम्हकुमारी ईश्वरीय बिश्व बिद्यालयका सुधा दिदि र पत्रकार महासंघका केन्द्रीय सदस्य शुष्मा पौडेल लगायतले सात दिन सम्म सहजिकरण गरेको सो तालिम ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पश्चिमाञ्चल निर्देशक परिणिता दिदीको प्रमूख अतिथ्यता तथा सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानी र सचिव पार्वती माकाजुले महिला अधिकार मञ्च कास्कीको कार्यालय सञ्चालनका लागि अफिस कोठा तथा आवश्यक फनिर्चर लगायतका सामाग्री मञ्चका अध्यक्ष राधा गौतम र उपाध्यक्ष भोजकुमारी थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागीहरुको तर्फबाट एन्जीला श्रेष्ठ, मिना कुँवर, गीता बस्नेतले नकारात्मक कुरालाई बिर्सदै सकारात्मक सोचका साथ नेतृत्व लिन सक्ने क्षमता विकास गर्न तालिमले सहयोग पु¥याएको बताए । कुँवरटोल विकास संस्थाका अध्यक्ष पार्वती पौडेल, ब्रम्हकुमारी ईश्वरीय विश्व बिद्यालयका सुधा दिदि र पत्रकार महासंघका केन्द्रीय सदस्य शुष्मा पौडेल, बगाले टोल सुधार समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ, नेकपा एमालेका राजकुमार गीरी, सिद्धार्थ क्लबका महिला संयोजक पार्वती माकाजुले तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उतार्न शुभकामना ब्यक्त गरेका थिए । महिला अधिकार मञ्चका अध्यक्ष राधा गौतमले महिला हिँसा बिरुद्ध संगठित भएर काम गर्न आग्रह गरिन ।
सिद्धार्थ क्लबका सल्लाहकार समिति संयोजक राजेन्द्र कुमार श्रेष्ठ, निर्देशक श्यामलाल श्रेष्ठ, नेकपा माओवादीका राजेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो । स्थानीय ५१ जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम समापन समारोहको संचालन आयोजक कुँवरटोल बिकास संस्थाका सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top