0
पोखराका नेवार समुदायले आयोजना गरेको गाईजात्रा महोत्सव र तायः मचाः नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेवा खल्लः कास्कीको आव्हान र भीमसेन टोल सुधार समिति भीमसेन टोलको आयोजनामा साउन ३० र ३१ गते पोखरामा उक्त महोत्सव हुँदैछ । समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा  दिएको जानकारी अनुसार पहिलो दिन विविध साँस्कृतिक कार्यक्रम र दोस्रो दिन तायाः मचाः नृत्य प्रतियोगिता हुने छ । भीमसेन टोल सुधार समितिका अध्यक्ष शुरेश बजिमयले महोत्सवमा फुड फेष्टिवल, नेवारी संस्कृति झल्काउने नृत्य, बाँसुरी वादन, लाखे नाच, घोडा नाच, चौरी नाच, जनजाती नाच तथा युवाहरुलई आकर्षित गर्न पोखरली व्याण्ड डिमर्चा, मौलिक धुन प्रस्तुत गर्ने लक्ष्य व्याण्ड, स्क्याच ब्याण्डको लाईभ प्रस्तुति रहने छ ।
नेवाः सँस्कृति संरक्षणका लगि नयाँ पुस्तालई सहभागि गराउने उद्देश्यले गाईजात्रा महोत्सव गर्न लागिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पाल्खिले बताए । तायाः मचाः नृत्य प्रतियोगितामा २४ टोलको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । अध्यक्ष पालिखेका अनुसार प्रतियोगितामा प्रथम हुनेलई १५ हजार, द्वितीयलई १० हजार, तृतीयलाई ५ हजार, सान्त्वना हुने दुई टिमलई जनही २ हजार ५ सय, प्रदान गरिनेछ भने उत्कृष्ट वाद्यवादन, उत्कृष्ट भेषभुषा, उत्कृष्ट जोकर, ख्याली बजाउनेलाई एक हजार प्रदान गरिने बजिमयले जानकारी दिए । उनका अनुसार पोखरा बाहिरबाट प्रतियोगितामा सहभागि हुने टिमलाई प्रोत्साहन स्वरुप २ हजार प्रदान गरिनेछ । 
प्रताप मल््ल्को छोरा चक्रवतेन्द्र मल्लको निधनले शोकमा रहेकी रानीलाई मन बुझाउन ताय ः मचा  नृत्य सुरु भएको थियो । पोखरामा नेवार समुदायको बसोबास भएदेखि नै गाइजात्रा नृत्य सुरु भएपनि २०२७ सालमा प्रतियोगिताका रुपमा भएको थियो । त्यसपछि पुनः २०४९ साल्मा प्रतियोगिता भएको र २०५५ सालदेखि निरन्तर हुँदै आएको छ । साढे दुई सय बर्ष अघिदेखि नेवारी समुदायमा नाचिने तायःमचाः नृत्यमा पुरुष नै परी बनेर नाच्दै आएकोमा दुई वर्षअघिदेखि महिल पनि परीको भेषमा प्रतिष्पर्धामा सहभागी हुँदै आएका छन् ।

Post a Comment

 
Top