
संघकी सभापति तारा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति शोभियत बहादुर अधिकारी, पूर्व सचिव नन्द तिवारी, नेता खेमराज पौडेल, महिला संघकी क्षेत्रीय सभापति अनिता तिमिल्सिना, गौरी सापकोटा, पोखरा नगर सभापति विष्णुहरि बराल, संघकी केन्द्रीय सदस्य आनन्दी राणा कार्की, क्षेत्रीय सभापति कोषाध्यक्ष शारदा सुवेदी, नेपाली कांगे्रस महासमिति सदस्य देवराज चालिसे, नेता रामजी बादल, कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति शोभाचन्द्र बराल, कांग्रेस कास्कीका सचिवद्वय युवराज कुँवर, कृष्ण केसी, नेपाली कांग्रेस पोखरा वडा नं ९ की उपसभापति मुना बाँस्तोला, सुभद्रा कोइराला लगायतले महिलाहरुको हक अधिकारका बारेमा आ(आफ्नो भनाई राखेका थिए । महिला संघ कास्कीकी उपसभापति कोपिला रानाभाटले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला संघ कास्की क्षेत्र नं ३ की सभापति रजनी केसीले सञ्चालन गरेकी थिइन् ।
यसैगरी ६७औ महिला दिवस पर्वतमा पनि एक कार्यक्रम गरी शनिवार मनाइएको छ । नेपाल महिला संघ पर्वतको आयोजनामा भावी संविधानमा महिलाको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले भावी संविधानमा पुरुष सरह महिलाहरुको पनि समान अधिकार उल्लेख हुनुपर्ने बताएका छन् । आफ्ना हक र अधिकार खोज्नका लागि महिलाहरु स्वयंम सक्रिय भएर लाग्नुपर्ने बताउँदै राज्यले महिलाहरुलाई प्रतिशतका आधारमा नभई समान रुपमा अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्वतका निवर्तमान पार्टी सभापति नबराज गुरुङले आधा आकाश ओगटेका महिलाहरुलाई राज्यका जुनसुकै स्थान र तहमा पनि समान अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए । गुरुङले महिलाहरु घरायसी काममा मात्र सिमीत नरही आफ्नो हक अधिकार खोज्नका निम्ति अघि बढ्नुपर्ने बताउँदै अधिकार मागेर नभए खोसेर पनि लिनुपर्ने बताए । परम्पराबादी सोचका कारण अहिलेपनि महिलाहरुलाई तल्लो दर्जामा राख्ने गरेको उल्लेख गर्दै गुरुङले भावी संविधानमै महिलाहरुको अधिकारका बारेमा स्पष्ट खुलाउन माग गरेका छन् ।
Post a Comment