0

पोखराको रामघाटस्थित टप्स उच्च माविमा क्रियाशील टप्स सिर्जनशील समूह, गैह्रापाटनस्थित कुमुदिनी होम्स उच्च माविमा क्रियाशील कुमुदिनी साहित्य कुञ्ज र बाटुलेचौरस्थित प्रगति बोर्डिङ स्कुलमा क्रियाशील प्रगति साहित्यिक मञ्चले संयुक्त रुपमा आयोजित साहित्य यात्रा  स्याङ्जाको भालुपहाडमा सम्पन्न भएको छ ।
कार्यक्रममा तीनवटै विद्यालयका करिब ६० जना विद्यार्थीहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । टप्सका अध्यक्ष अविजित परियार, प्रगतिकी अध्यक्ष आशा गुरुङ र कुमुदिनीकी निवर्तमान अध्यक्ष स्वीकृति अधिकारीको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार सुरज उपाध्याय विशेष अतिथि रहेका थिए । कार्यक्रममा साहित्यकार तथा कुमुदिनी होम्सका सह–प्राचार्य ईश्वरमणि अधिकारीले विद्यार्थीहरुलाई जीवन बुझ्ने मौका प्रदान गर्नका लागि यस्ता साहित्यिक कार्यक्रमको अवधारणा अघि सारिएको बताए । टप्सका साहित्य विभागका संयोजक रुपिन्द्र प्रभावी, नेपाली विभागका प्रमुख भेषराज पौडेल, अङ्ग्रेजी विभागका प्रमुख मणिप्रसाद डुम्रे, शिक्षक सुजन थापा मगर, कुमुदिनीका नेपाली विभागका प्रमुख राजेश सापकोटा, आवासीय प्रमुख डिल्लीराम बराल, उच्च मावि संयोजक मुकेशकुमार अधिकारी तथा प्रगतिका नेपाली विभागका प्रमुख जीवन सागर भण्डारी लगायतले  कार्यक्रममा आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा टप्स सिर्जनशील समूहका दृष्टि गुरुङ, सङ्गीत तिवारी, स्मृति झा, पनिता तामाङ, सुमित्रा गुरुङ, रेश्मा तिवारी, मेनुका गुरुङ, सुजना गुरुङ, खुसी गुरुङ, युनिस गुरुङ, अञ्जू गौतम, आशिष लामिछाने, सुस्मिता गुरुङ र अविजित परियार, कुमुदिनी साहित्य कुञ्जका ईशा श्रेष्ठ, प्रतिष्ठा बुद्धाचार्य, दीक्षा अधिकारी, विद्या पौडेल, सन्ध्या बराल, पूजा पुन, सजिता गुरुङ, कृतिका के.सी., यमुना आचार्य, सुरभी कोइराला, सृष्टि कोइराला, श्रेया विजुक्छे, निरन्जन थापा, निरज अधिकारी, विवश अधिकारी, स्वीकृति अधिकारी तथा प्रगतिका शदिच्छा बानियाँ, असीम ज्ञवाली, कृपा पोखरेल, लगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन टप्सका सचिव आशिष लामिछाने, प्रगतिकी सचिव भरोसा अधिकारी र कुमुदिनीका सचिव विवश अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top