0
धम्पुसमा हरितालिका तीजको अवसरमा तीजमेला–२०७१ हुने भएको छ । हिमशिखर युवा क्लव धम्पुस ७ नयाँ गाउँको आयोजनामा भदौ ११ देखि १३ गतेसम्म मेला हुन लागेको हो । मेलामा खुल्ला तीजगीत प्रतियोगिता, पुरुष भलिवल प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, एकल एवं सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव सुरेश सुनारले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । क्लवको तेस्रो वार्षिकोत्सव को अवसरमा आयोजना गरिएको मेलमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने क्लवले जनाएको छ ।

Post a Comment

 
Top