0

मनाङ जिल्लामा उत्पादन भएको उवा (करु) काठमाडौँमा बिक्री हुन थालेपछि यहाँका कृषक उत्साहित हुन थालेका छन् । विशेषगरी मधुमेह र उच्च रक्तचापका रोगीलाई खानयोग्य तथा निकै स्वादिष्ट खाद्यान्न उवा पहिलोपटक नेपाल खाद्यान्न संस्थान अञ्चल कार्यालय पोखराले खरिद गरी काठमाडौँमा लगेर बिक्री गरेको थियो ।    
संस्थानले १० मेटिूकटन खरिद गरी काठमाडौँमा लगेको र प्रतिकिलो रु ५५ मा बिक्री भइरहेको बताइएको छ । जिल्लामा उत्पादित खाद्यान्नले राम्रो बजार पाएपछि यस जिल्लाका कृषकले यस वर्ष १८० हेक्टर क्षेत्रफलमा उवाको खेती गरेको जिल्ला कृषि विकास कार्यालय मनाङका बागवानी अधिकृत रामचन्द्र सेढार्इंले बताए । जिल्लाको उपल्लो मनाङमा उवाको खेती हुने गर्दछ र यस वर्ष ३०४ मेट्रिकटन उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस्तै जिल्लामा उत्पादन हुने अर्को स्वादिष्ट खाद्यान्न फापर पनि हो ।
यो पनि विभिन्न रोगीहरूका लागि उपयुक्त खाद्यान्न मानिन्छ । जिल्लामा २८५ हेक्टर क्षेत्रफलमा फापरखेती गरिन्छ र यस वर्ष ४९८ मेटिूकटन फापर उत्पादन हुने अनुमान गरिएको छ । सधैँ हिउँ परिरहने र मौसम चिसो रहने हुनाले जिल्लामा धान, मकै र कोदोको खेती हुँदैन ।  विशेषगरी यहाँका प्रमुख खाद्यान्नबालीमा उवा, फापर, आलु र जौ भएको कृषि विकास कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top