0
(अडान) ले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा शनिबार सरकारद्वारा आव ०७१÷७२को लागि पेश गरेको वजेटले करमा गरेको व्यवस्था विषयक अन्तक्र्रिया कार्यक्रम गरेकोे छ । सो कार्याक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अडानका केन्द्रीय उपाध्यक्ष तथा कोष तथा लेखा नियन्त्रक कार्यालय वाग्लुङका प्रमुख कोष नियन्त्रक विष्णुहरि तिमिल्सिनाले विद्यालय तथा स्थानीय निकायको लेखा परीक्षण सोही संस्थाको सिफारिसमा नियुक्त लेखा परीक्षकबाट गराउने व्यवस्था रहेसम्म स्वतन्त्र लेखापरीक्षण हुन नसक्ने भएकोले सिफारिस व्यवस्था हटाउन आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत जगदिश उपाध्यायले व्ववसायीहरुलाई करको दायरामा आउन सरकारले विभिन्न छुटहरुको व्यवस्था गरेकोमा सो अवसरलाई उपयोग गदै २०७१ पौष मसान्त सम्म आय व्यय विवरण पेश गरि लाभ लिन अनुरोध गरेका थिए ।
साथै उनले वजेटले यस वर्ष व्यवस्था गरेका करका दरहरुको वारेमा लेखा परीक्षकहरुलाई जानकारी गराए । त्यसैगरि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारी संचालन सम्बन्धि मापदण्ड २०६८ ले निर्दिष्ट गरेका विषय वस्तुहरुलाई मनन गरि सहकारीको लेखा परीक्षण प्रभावकारी वनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा लेउवासंघका अध्यक्ष बाबुराम गिरीले लेखा परिक्षकहरु व्यवसायी र कर कार्यालय बीच पुलको रुपमा रही कार्य गर्दै आउनुभएको हुदाँ व्यवसायीहरुलाई करको विषयमा अझ प्रभावकारी सहजीकरण गरिदिन अनुरोध गरेका थिए । सो अवसरमा अडान कास्कीका अध्यक्ष चन्द्रबहादुर सुवेदीले स्थानीय निकायको लेखा परीक्षणमा महालेखा परिक्षकको कार्यालयबाट मात्र गर्नेगरि स्थानीय स्वायत्त शासन ऐन संसोधनको लागि पेश गरिएकोमा यस संस्थाले सो संसोधनको विरोध गर्दै सम्पूर्ण लेखा परिक्षकहरु स्थानिय निकायको लेखा परीक्षणमा सहभागी हुन पाउनुपर्र्नेे माग राखी सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको बताए । अडान कास्कीका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा कोलेनिका कास्कीका प्रमुख लोकनाथ गौतम, जिल्ला शिक्षा कार्यालय कास्कीका जिशिअ अम्बिका आचार्य, नेपाल चार्टर एकाउन्टेन्टस् संस्था पोखरा शाखाका संयोजक प्रकृतिराज तिमिल्सिना, अडानका केन्द्रिय सदस्य चन्द्रबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

Post a Comment

 
Top