0
नेपाली काङ्ग्रेस पोखरा–१२ इकाइले नेपाली काँग्रेसका क्रियाशील सदस्य एवम् समाजसेवी पोखरा–१२ फूलबारी निवासी हरिबहादुर कार्कीको स्वर्गारोहण भएको १३ औं दिनको पुण्यतिथिमा विहिबार श्रद्धाञ्जली सभा आयोजना ग¥यो । सभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य यज्ञबहादुर थापाले पार्टीका क्रियाशिल सदस्य कार्कीको निधनले आफूले असल अभिभावक र समाजसेवी व्यक्तित्व गुमाएको साथै उनको पार्टीप्रतिको योगदान अनुकरणीय रहेको विचार व्यक्त गरे । सभामा नेपाली काङ्ग्रेस क्षेत्र नं. २ का सभापति माधवप्रसाद बास्तोला ‘मधुु’, जिल्ला सदस्य रामबहादुर कार्की र भाइ कृष्णबहादुर कार्कीले उनको जीवनी र योगदानप्रति प्रकाश पारेका थिए ।  वडा नं. १२ इकाई सभापति हुमनाथ कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन इकाई सचिव रामजी बास्तोलाले गरेका थिए ।

Post a Comment

 
Top