0
पोखरामा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि आचारसहिंता बनाईने भएको छ । पुनरावेदन अदालत कास्कीले हालै गरेको एक आदेश अनुसार अब पोखरामा सञ्चालन हुने डिस्को तथा डान्सबारका लागि सरोकारवालाहरु सम्मिलित आचारसहिंता निर्माण समिति बनाएर नियमन गर्ने भएको हो । अदालत स्रोतका अनुसार पोखराको लेकसाईडमा रहेको ओजन डान्सबार राति दुइ बजेसम्म चल्न पाउने भएको छ । डान्सबारका तर्फबाट शिवबहादुर गुरुङ्गले दायर गरेको रिटमा जिल्ला प्रशासन कार्यालय, कास्कीलाई विपक्षी बनाईएको थियो । स्थानीय प्रशासनको पहलमा निर्माण हुने आचारसंहिता बमोजिम सञ्चालन गर्ने गरि कानून वमोजिम दर्ता, नविकरण भई एवं राजस्व समेत तिरि नियमित सञ्चालनमा आएको ओजन डिस्कोलाई निवेदकको माग बमोजिम राति दुई बजेसम्मको लागि सञ्चालन गर्न, गराउन कुनै अवरोध नगुर्न, नगराउनु भनि न्याय प्रसासन ऐन २०४८ को दफा ८ (२) बमोजिम विपक्षी क्षेत्रीय प्रशासन, जिल्ला प्रशासन कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतको नाममा निषेधाज्ञ आदेश जारी हुने ठहर्छ–अदालतबाट जारी आदेशमा भनिएको छ । यो आदेशसंगै ओजन डिस्को अब राति दुई बजेसम्म चल्नेछ । जारी आदेश अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा आचार सहिंता निर्माण गरिनेछ । आचार सहिंता निर्माणका लागि मानव अधिकार सञ्जाल कास्की, नागरीक समाज, नेपाल पत्रकार महासंघ कास्कीलाई समेटेर आचारसंिहता बनाईने छ । संसदबाट रात्रिकालिन व्यवसायको बारेमा कानून नबनुन्जेलसम्मका लागि यो आदेशले काम गर्ने पुनरावेदन अदालतले  आदेश जारी गरेको हो ।

Post a Comment

 
Top