0

नेपाली महिला दिदीबहिनी हरुको पर्व हरितालिका तीजको अवसरमा लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलले शिक्षक–शिक्षिकाहरुबीच दर खाने तथा शुभकामना आदानप्रदान गरेको छ । रामबजार स्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा दर खाई नाचगान गरि तीज पर्व मनाए  । सो अवसरमा विद्यालयका संयोजक रोहिणी ढकालले सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिदै परम्परालाई संरक्षण गर्दै पर्व मनाउनुपर्नेमा जोड दिए । विद्यालयका प्रिन्सिपल सुशिला केसी अधिकारीले पछिल्लो समयमा तीज  तडकभडक हँुदै गएको र यस्ता प्रवृत्तिलाई शिक्षित वर्गले हटाउनुपर्ने बताए । शिक्षक राजन उपाध्यायले हरेक पर्वको आ–आफ्नै महत्व रहेको उल्लेख गर्दै प्रत्येक नेपालीले सँस्कृति निरन्तरताको नाममा विकृत्रि भित्रन दिन नहुनेमा जोड दिए ।

Post a Comment

 
Top