0
अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस पोखराले मंगलबार क्याम्पसको सभाहलमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
विशेष गरि युवा विद्यार्थीलाई लक्षित गरि गरिएको भेलामा युवा संघ गण्डकी अञ्चल उपाध्यक्ष महेन्द्र गुरुङ्, अनेरास्ववियु क्याम्पस जिल्ला कमटी कास्कीका अध्यक्ष अर्जुन अधिकारी, अनेरास्ववियु पुर्व क्याम्पस कमिटी सचिव देवेन्द्र ढकाल, अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी कास्कीका कोषाध्यक्ष सुजनबाबु लामिछाने, अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा जनप्रिय ईन्चार्ज क्षितिज पौडेल, अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी सचिवालय सदस्य तथा पुर्व क्याम्पस कमिटी अध्यक्ष दिनेश ढकालले कार्यकर्ता लाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यक्रममका प्रमुख अतिथि महेन्द्र गुरुङ्ले युवा अवस्थामा हुने कमिकजोरीलाई सच्चाई भविष्यमा एउटा सफल व्यक्ति बन्नु पर्ने बताए साथै उनले युवा अवस्थामा गरिएका कमिकजोरीलाई लिएर राज्यले पछिसम्म पनि दुख दिनाले सुध्रिन चाहेको व्यक्ति पनि सुध्रिन नसकेको बताएका थिए ।
जनप्रिय बहुमुखी क्याम्पसमा अन्य संगठनले विनाकारण अनेरास्ववियुका विद्यार्थीमाथी दुख दिने गर्दछन् भने आफुलाई सम्पर्क गर्न पनि बताएका थिए । प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी कास्कीका अध्यक्ष अर्जुन अधिकारीले सर्वोच्च अदालतले पहिलेको स्वतन्त्र विद्यार्थी युनियनलाई खारेज गरिसकेको हुँदा अब चाडैनै स्ववियु चुनाव हुने भन्दै अब हुने स्ववियु चुनावमा विद्यार्थीको कस्तो भुमिका रहने भन्ने विषयमा कार्यकर्तालाई प्रशिक्षण गरेका थिए । अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटी अध्यक्ष संगम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य क्याम्पस कमिटी सदस्य मोहन सुनुवारले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्याम्पस कमिटी सचिव दिपिन ढकालले गरेका थिए ।

Post a Comment

 
Top